कृष्णलाई पृथ्वी पत्रकारिता पुरस्कार
समाधान संवाददाता
२०८० असोज ५ गते १४:५९

पोखरा ।
पृथ्वी पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार कृष्ण दवाडीलाई प्रदान गरिने भएको छ । पृथ्वी होटल व्यवसायी समितिले स्थापना र सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद १० हजार र सम्मानपत्र छ ।
समितिको शुक्रबार हुने ११ औं साधारणसभा तथा छैटौं अविधेशनमा पुरस्कार प्रदान गरिने अध्यक्ष बालकृष्ण निउरेले जानकारी दिए । यो पुरस्कार हरेक २ वर्षमा प्रदान गर्ने गरिएको छ ।
पत्रकारितामार्फत पर्यटन क्षेत्रको प्रवद्र्धनमा योगदान गरेकोमा पुरस्कार प्रदान गर्न लागिएको निउरे बताउँछन् । दवाडी नेपाल पत्रकार महासंघ कास्की कोषाध्यक्ष तथा प्रेस सेन्टर नेपाल, कास्की अध्यक्ष हुन् । डेढ दशकदेखि पत्रकारितामा क्रियाशील दवाडी राष्ट्रिय समाचार समिति र हिमाली आवाजमा आवद्ध छन् ।
सम्बन्धित








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया