भलाममा माधवको सम्झना

पोखरा ।
बिहीबार पोखरा २० भलाममा आयोजित कार्यक्रममा सामाजिक अभियन्ता माधवप्रसाद पौडेलको सम्झना गरिएको छ । पौडेलको स्मृतिमा स्थापित माधवप्रसाद पौडेल स्मृति प्रतिष्ठानको १५ औं साधारण सभा तथा ३० औं स्मृति दिवसका वक्ताहरुले उनको स्मरण गरेका हुन् ।
जिसस कास्की प्रमुख लीलाधर पौडेलले पौडेल कर्मशील र इमान्दार व्यक्तित्व भएको जनाए पौडेलले प्रतिष्ठानले प्रदान गर्ने छात्रवृत्तिसमेत हस्तान्तरण गरे । प्रतिष्ठानले उत्कृष्ट नतिजा हासिल गर्ने कक्षा ९ र १० का ८ जना विद्यार्थीलाई जनही नगद ५ हजार छात्रवृत्ति र प्रमाणपत्र प्रदान गर्दै आएको छ ।
कार्यक्रममा रेडक्रस कास्कीका जनस्वास्थ्य विज्ञ कल्पना ज्ञवाली, कास्की रेडक्रसका कार्यसमिति सदस्य रमा त्रिपाठी, प्रतिष्ठानका विशिष्ट सदस्यहरू विष्णुबहादुर खत्री, भीमप्रसाद बास्तोला र कृष्णप्रसाद पौडेल, विन्ध्यबासिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, शिक्षासेवी शंकर गौतम, समाजसेवी चूडामणि गौतम, नेपाली कांग्रेस पोखरा २० का अध्यक्ष कुलप्रसाद अधिकारी, एमाले पोखरा २० का अध्यक्ष त्रिलोचन गौतम लगायतले बोलेका थिए ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष रामजीप्रसाद पौडेलको अध्यक्षतामा भएको हो । प्रतिष्ठानले त्रिदिसीय कार्यक्रम गरी स्मृति दिवस मनाएको छ । बुधबार भएको रक्तदानमा ४८ युनिट रगत संकलन भएको थियो भने बुधबार नै अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता भएको थियो ।
हाजिरीजवाफमा कालिका मावि काहुँ पहिलो, विन्ध्यबासिनी मावि दोस्रो र महेन्द्र मावि भलाम तेस्रो बनेका छन् । विद्यालय स्थापनासँगै शिक्षण पेशामा संलग्न माधव पौडेल २०४९ भलाम गाविस अध्यक्ष निर्वाचित भएका थिए । २०५० मा ५० उनको निधन भएको थियो ।









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया