सर्वेश्वर सहकारीमा नयाँ नेतृत्व

लेखनाथ ।
सर्वेश्वर बचत तथा ऋण सहकारी सस्था पोखरा २७ को शनिबार भएको चौथो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले आगामी कार्यकालका लागि चक्रबहादुर शाहीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा डम्मरप्रसाद पौडेल, सचिव सूर्यनाथ पौडेल र कोषाध्यक्षमा धु्रवराज पौडेल छन् । समितिका सदस्यमा कृष्णबहादुर बल्छौडी, तेजबहादुर नेपाली, पुतलीदेवी रानाभाट, भगवती शर्मा सिग्देल र कुमारी कुमाल छन् । लेखा सुपरिवक्षण समिति संयोजकमा गणेशराज धमला र सदस्मा सञ्जीव सुवेदी र भगवती लामिछाने छन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी बंैक तालचोक शाखाकी सहायक प्रवन्धक पूर्णिमा पाठकले सहकारीहरुले उदाहरणीय काम गरेर सेयर सदस्यको मन जित्न सक्नुपर्ने बताइन् ।
संस्थाका अध्यक्ष चक्रबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार रविचन्द्र घिमिरे, निर्वाचन समिति संयोजक चन्द्रकान्त पौडेल, सेयर सदस्य नवराज सापकोटा, शिक्षा उपसमिति संयोजक पुनम पौडेल, उपाध्यक्ष डम्मरप्रसाद पौडेलल, कोषाध्यक्ष सूर्यनाथ पौडेल लगायतले बोलेका थिए ।









संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया