विन्ध्यवासिनीमा पर्यटन मन्त्रीको सफाइ अभियान

पोखरा ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री सुदन किराँतीले शनिबार पोखराको विन्ध्यवासिनी मन्दिर क्षेत्रमा सरफाइ अभियान चलाए । केही महिनादेखि हरेक शनिबार काठमाडौंको पशुपतिनाथमा सरसफाइ अभियान चलाउँदै आएका मन्त्री किराँती पोखरा आएका बेला विन्ध्यवासिनीमा अभियान गरेका हुन् ।
शनिबार बिहानै सामाजिक सञ्जालमार्फत् उनले सरसफाइमा सहभागी हुन पोखरेलीलाई आग्रह गरेका थिए । मन्दिर परिसर र वरिपरि सरसफाइपछि उनले प्रतीकात्मक रुपमा कार्यक्रम गरिएको जनाए ।
मन्त्री किराँतीले भने, ‘यहाँ धेरै नै फोहोर भएकाले सफाइ गरिएको होइन, सबै प्राकृतिक, सांस्कृतिक, पर्यटकीय सम्पदा सफा राखौँ भन्ने सन्देश दिन खोजिएको हो । अहिले संस्कृति धेरै तवरले विकृत भएको छ, त्यसलाई सफा गर्नु जरुरी छ ।’ शनिबार बिहानै ७ बजे मन्दिर पुगेका मन्त्री किराँतीलाई विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति, सुरक्षा निकाय र स्थानीयले साथ दिएका थिए ।
उनले मन्दिरमा भेटिएका केही सर्वसाधारणसँग मन्दिरको अवस्था र तत्काल गर्नुपर्ने कामबारे पनि सोधेका थिए । समितिका सचिव तीर्थ श्रेष्ठले सरफाइमा मन्त्री किराँती सहभागिता र चासोले आफूहरुलाई ऊर्जा थपिएको सुनाए ।









संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया