
जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिकाले कृषि तथा पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । जिल्लामा उत्पादित कृषि उपज प्रर्दशनी, बजारीकरण तथा प्रर्वद्धन, मुस्ताङको धार्मिक कला, संस्कृति, मौलिकता, स्थानीय रहनसहन चिनाउन असोज १८ देखि २० गतेसम्म महोत्सव गर्न लागेको हो ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङमा उत्पादित कृषि उपजलाई राष्ट्रिय तथा अन्तर्रांष्ट्रिय प्रर्वद्धन गरी कृषि उत्पादनलाई व्यवसायिक बनाउन र धेरै पर्यटकलाई यहाँको समग्र विषयवस्तुबारे जानकारी दिन महोत्सव आयोजना गरिएको जनाए । महोत्सवका लागि विभिन्न समिति र उपसमिति गठन भइसकेका छन् ।
उपाध्यक्ष जमुना थकालीले कृषि र पर्यटन आर्थिक समृद्धिको मेरुदण्ड रहेको उल्लेख गरिन् । उनले कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यवसायिक बनाउन महोत्सव सहयोगी बन्ने उनको भनाइछ । घरपझोङले आयोजना गर्ने कृषि तथा पर्यटन महोत्सवमा स्थानीय भेषभूषा चिनाउने, स्थानीय उत्पादनको प्रचारप्रसार, सूचनामूलक कार्यक्रम र पर्यटन र कृषि लक्षित स्टल रहने प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले जानकारी दिए ।
महोत्सव गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ । सोही अवसरमा मुख्यमन्त्री पाण्डेले घरपझोङ गाउँपालिकको नवनिर्मित प्रमुख प्रशासकीय भवन र आपत्कालीन भवनसमेत उद्घाटन गर्ने छन् ।
महोत्सवमा गाउँपालिकाले प्रवाह गर्ने सेवाबारे जानकारी, कृषि बाली तथा तरकारी र फलफूल लगायतका सूचना केन्द्र, स्थानीय कलासंस्कृति झल्किने प्रदर्शनी, स्थानीय मौलिक झाँकी, रैथानेबालीका परिकारको स्टल, खुला तारा र खुला भलिबल प्रतियोगिता हुने छन् ।
महोत्सवमा राष्ट्रिय स्तरमा ख्याप्ति प्राप्त कलाकारका प्रस्तुति र र स्वास्थ्य परीक्षण शिविरसमेत राखिने भएको छ । खुला तारा खेलका विजेताले नगद ५० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । उपविजेताले नगद २५ हजारसहित पाउने छन् । भलिबलतर्फ च्याम्पियनले नगद १ लाख र उपविजेताले नगद ५० हजारसहित सिल्ड,मेडल र प्रमाणपत्र पाउने छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









आफ्नै जन्मथलो कास्की-३ बाट चुनाव लड्न दाहाललाई आग्रह: बुहारी सिर्जनासहित १५ जनाको आकांक्षा
नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रदीप पौडेल महामन्त्रीमै लड्ने
संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया