नेतृत्व विकास तालिम

पोखरा ।
४४ औं सामाजिक सेवा दिवसको अवसरमा समुदायमा आधारित पुनस्र्थापना सेवा(सिबिआरएस)नेपालले वडा स्तरीय अपांगता समन्वय समितिका पदाधिकारीलाई नेतृत्व विकास तालिम दिएको छ । तालिममा कास्कीको अन्नपूर्ण, माछापुच्छ्रे गाउँपालिका, स्याङजाको कालिगण्डकी गाउँपालिका र गल्याङ नगरपालिकाका २० वडा ४० जनाको सहभागिता रहेको संस्थाका अध्यक्ष चेतबहादुर गुरुङले जानकारी दिए ।
तालिममा संस्थाका कार्यक्रम व्यवस्थापक कृष्ण लामिछाने स्वावलम्बन समूहको महत्व र फाइदा, संस्थाका पुनस्र्थापना व्यवस्थापक रुद्र थापाले कोष संकलन विधि तथा तरिका र वार्षिक कार्ययोजना निर्माण, संस्थाका सामाजिक सशक्तीकरण व्यवस्थापक विदुर कोइरालाले वकालत र पैरवीः चरण र विधिहरु विषयमा सहजीकरण गरेका छन् ।
कार्यक्रममा सफल स्वावलम्बन समूहका नेतृत्वकर्ताको अनुभव आदानप्रदान तथा संघर्षशील अपांगता भएका व्यक्तिको सफलताका कथाहरु प्रस्तुत गरिएको संस्थाका कार्यक्रम व्यवस्थापक लामिछानेले बताए । तालिममा सहभागीलाई फेवाताल, तालबाराही, पातलेछाँगो, शान्ति स्तूप र पुम्दीकोट लगायत पर्यटकीय र धार्मिक स्थलको अवलोकन गराइएको छ ।
कार्यक्रममा एओएस बालग्रामका कार्यक्रम अधिकृत प्रकाश भुषालले अपांगता भएका व्यक्तिको परिवारलाई सबलीकरणका लागि सहकार्य गरेको जानकारी दिए । सबै सरोकार वाला निकायको सहकार्यमा अपांगता भएका व्यक्तिलाई विकासको मुल धारमा ल्याउनुपर्ने उनले उल्लेख गरे ।
सिवआरएस नेपालका सल्लाहकार डा भोजराज न्यौपानेले अपांगता भएको व्यक्तिलाई घर परिवारमा पुगेर संस्थाले सेवा प्रदान गरेको बताए ।









आफ्नै जन्मथलो कास्की-३ बाट चुनाव लड्न दाहाललाई आग्रह: बुहारी सिर्जनासहित १५ जनाको आकांक्षा
नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रदीप पौडेल महामन्त्रीमै लड्ने
संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया