लामखुट्टका लार्भा नष्ट गर्न अभियान

पोखरा ।
डेंगी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पोखरा महानगरपालिका वडा नम्बर ९ मा लामखुट्टेका लार्भा खोज तथा नष्ट अभियान थालिएको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा ९ को व्यवस्थापनमा संक्रमणको उच्च जोखिम क्षेत्रमा अभियान चलाएको नेपाल रेडक्रस सोसाइटी कास्कीका डेंगी रोकथाम तथा प्रतिकार्य कार्यक्रमका फोकल पर्सन नवराज भण्डारीले जानकारी दिए । पोखरा उपमहानगरपालिका वडा नम्बरका अध्यक्ष दीपेन्द्र मर्सानीको नेतृत्वमा पानी जम्ने ठाउँ, सवारी साधनका टायर, लामखुट्टे लुक्ने झाडी कुना खोज सरसफाई गरिएको छ ।
पोखरा ९ को वडा कार्यालय, सहरी स्वास्थ्य केन्द्र, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकको अुगवाईमा वडाको पृथ्वीचोक बसपार्कल वर्कसपहरुमा लामखुट्टेको लार्भा खोज तथा नष्ट र सरसफाई अभियान गरिएको छ । अभियानको क्रममा ठाउँ ठाउँमा माइकिङसमेत गरिएको छ । सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका सचिव उत्तम जोशीले महेन्द्रपुल, साँघुको मुख, बास्तोलाथर, सेतीगंगा टोल, तमुधि मार्ग हुँदै संग्रहालय मार्गसम्म अभियान गरिएको बताए ।
उनले वडाका विभिन्न क्षेत्रमा सरोकारवाला निकाय, टोल विकास संस्था, महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्यकर्मीले ३ पटकसम्म घरदैलो सहितको अभियान गरेको जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी कास्कीका डेंगी रोकथाम तथा प्रतिकार्य कार्यक्रमका फोकल पर्सन भण्डारीले डेंगीबाट आफू जोगिन र अरुलाई जोगाउन लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान महत्वपूर्ण रहेको बताए ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तराष्ट्रिय महासंघ (आइएफआरसी)सँगको सहकार्यक्रमा डेंगी संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी पोखरा ६ उपशाखाका सहसचिव तुलसी दाहालले नेपाल रेडक्रस सोसाइटी कास्कीको अन्तरउपशाखा हातेमालो कार्यक्रम अनुसार पोखरा ६ बैदाम र माछापुच्छ्रे ४ लाहाचोक बीच सहयोग आदान प्रदान गरिएको जानकारी दिए । कार्यक्रममा १२ थान कुर्ची, १ टेबल, १ दराज हस्तान्तरण गर्नुका साथै डेंगु संक्रमण रोकथाम नियन्त्रणसम्बन्धी अभिमुखीकरण गरिएको छ ।
कार्यक्रममा माछापुच्छ्रे ४ का वडा अध्यक्ष मधुसुदन अधिकारी, रेडक्रस कास्कीका उपमन्त्री रमा कोइराला, रेडक्रसकर्मीहरु भेषराज अधिकारी, केशवलाल पौडेल लगायतल अभियानका बारेमा बोलेका थिए ।
यसैबीच, नेपाल रेडक्रस सोसाइटी कास्कीले डेंगी संक्रमण रोकथाम, नियन्त्रण अभियान अन्तर्गत पोखरा महानगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएको छ । तालिममा ४० महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता थियो । तालिममा डेंगी रोकथाम तथा प्रतिकार्य कार्यक्रमका फोकल पर्सन भण्डारीले सहजीकरण गरेका छन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा, उपसभापति उर्मिला खड्का, उपमन्त्री रमा कोइराला, महिला स्वास्थ्य स्वयं सेविका सञ्जाल पोखराका संयोजक भीमा पौडेल, रेडक्रसकर्मी सुनिता पौडेल लगायतले सबै सरोकारवालाको समन्वय र सहकार्यबाट डेंगी संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सकिने बताए ।









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया