निर्देशक प्रितम गुरुङद्वारा जिफान परित्याग

समाधान संवाददाता २०८० असोज ८ गते २२:२४

पोखरा।

Advertisement

निर्देशक प्रितम गुरुङद्वारा गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) को सदस्यता परित्याग गरेका छन्। जिफानले संस्थागत कारबाही गरेपछि सोमवार साँझ सामाजिक सञ्जाल मार्फत उनको कम्पनी रोधी डिजिटल प्रालिले जिफानको संस्थागत सदस्य त्यागेको घोषणा गरेका छन्। उनले फेसबुकमा लेखेका छन् – ‘म गुरुङ फिल्मको जन्मदाता- प्रितम गुरुङ (पाते २०५२)। गुरुङ फिल्म सुरुवातको १३ वर्षपछि हामीले हाम्रो हक हितको लागि हाम्रो संस्था खोलेम । जिफान(२०६५)। मेरो कम्पनी रोधी डिजिटल प्रालि आजबाट जिफानको संस्थागत सदस्य नरहेको जनाउदछु (८ असोज २०८०)। धन्यवाद ।’

Advertisement

स्टाटससंगै उनले जिफानले उनको नाममा काटेको जानकारी पत्र राखेका छन्। पत्रमा उनले जिफानको विधान विपरीत कार्य गरेको कारण ६ महिनासम्म गुरुङ चलचित्र सम्बन्धी कुनै गतिविधि गर्न नपाउने भनि उल्लेख गरेको छ। जिफानका अध्यक्ष गुञ्ज बहादुर गुरुङले विधान बनाउनेले नै विधान उल्लङ्घन गरेको र पटक पटक पत्राचार गर्दा पनि नसुनेको हुँदा कारबाही गर्नु परेको बताए। ‘ जिफानको विधान अनुसार साधारण सभाको दिनमा चलचित्र सम्बन्धी कुनै गतिविधि गर्न नपाउने भनेको छ। तर उहाँले त्यही दिनमा नियम विपरीत काठमाडौँमा फिल्म देखाउनु भएछ। ‘ उनले भने, ‘अर्को १४ दिनमा फरकमा मात्र फिल्म देखाउने नियम छ तर उहाँले आफूखुसी फिल्म देखाउनु भयो। ‘

Advertisement

यस विषयमा प्रितम गुरुङसंग बुझ्दा उनले संस्थामा चरम राजनीति र व्यक्ति हाबी भएको हुँदा आफूले यस्तो निर्णय लिएको बताएका छन् । निर्देशक गुरुङले अन्तिम समयमा साधारण सभा निहुँमा चलचित्र प्रदर्शनको मिति सार्न लगाएको आरोप लगाएको छ । ‘फिल्म प्रदर्शन गर्ने भनेपछि २ महिना अगाडिको तयारी हुन्छ। टिकट विक्री भैसकेको हुन्छ। अन्तिम समयमा कसरी मिति सार्नु ?’ उनले भने । निर्देशक गुरुङले हालको जिफानको कार्यसमितिले गैर जिम्मेवार र अवैधानिक कदम चालेको आरोप समेत लगाएका छन् । प्रितम गुरुङ पहिलो गुरुङ चलचित्र पातेका निर्माता हुन् । उनले ५० भन्दा बढी गुरुङ तथा नेपाली चलचित्र निर्माण तथा निर्देशन गरेका छन् ।

तपाईको प्रतिक्रिया