बिनु र तारालाई मिना सिर्जनशील समावेशी पुरस्कार

पोखरा ।
मिनासिर्जनशील समावेशी पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय बिनाकुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ सम्मान गरिने भएको छ ।
गण्डकी प्रदेशकापूर्व सांसद, उद्यमीतथा समाजसेवी मिना गुरुङले स्थापना गरी नेपालपत्रकार महासंघ कास्कीले सञ्चालन गरेको पुरस्कारबाट पत्रकार बिनु र तारा सम्मानित हुन लागेका हुन् । छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको सचिवमाधव बरालले जानकारी दिए ।
संयोजक पुण्य पौडेल, सदस्यहरु दुर्गा अधिकारी, दीपक परियार, विमला भण्डारी र माधव बरालको छनोट समितिले उक्त पुरस्कार २०७९ का लागि बिनु र २०८० का लागि ताराको नाम सिफारिस गरेको हो ।
उक्त पुरस्कारको राशीनगद २० हजार १ सय ११ रुपैयाँरहेको छ । असोज १२ गते एक कार्यक्रमआयोजना गरी पुरस्कार अर्पण गरिनेसचिव बरालले जानकारी दिए ।
सम्मानित हुन लागेका पत्रकार बिनु हाल पोखरा टेलिभिजनमा कार्यरत छिन् । २०६८ सालमा गण्डकी टिभीमा मगर भाषाको समाचार बाचिकाबाट पत्रकारिता सुरु गरेकी बिनुले कान्तिपुर दैनिक, फेवा टेलिभिजन र गोर्खाली रेडियोमा पनि काम गरिसकेकी छिन् । हाल उनी नेपालआदिवासी जनजाति पत्रकार महासंघ कास्की शाखाकी उपाध्यक्ष र नेपाल मगर पत्रकार संघ कास्कीकी अध्यक्ष छिन् ।
यस्तै पत्रकार तारापौडेलले२०६८ सालमा यूनाइटेड राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेकी हुन् । उनीहाल सिटीपोखरा डटकमको सञ्चालक/सम्पादक भएर काम गरिरहेकी छिन् । यसभन्दा अघि उनले रेडियो नेपाल, रेडियो सफलता, रेडियो जननी,विगएफएम, रेडियो आकाशवाणी, ईसांग्रिला डटकम, टप नेपालन्यूज डटकममा कामगरिसकेकी छिन् ।
उनले नेपालवातावरण पत्रकार समूहद्धारा सञ्चालित टेलिभिजनमार्फत प्रसारित भएको कार्यक्रमनयाँ पुस्तामापनिकाम गरेकी थिइन् । नेपालपत्रकार महासंघको गण्डकी प्रदेश परिषद सदस्य, खेलकुदपत्रकार मञ्च गण्डकीको साधारण सदस्य, अनलाइनपत्रकार संघ गण्डकीको संस्थापक सचिव, सञ्चारिक समुह गण्डकीमा सदस्यभएर काम गरेकीतारा प्रेसचौतारी नेपालकास्कीकीउपाध्यक्षहुन् ।
यो पुरस्कारबाट यसभन्दा अघि दुर्गा भण्डारी, दीपक परियार, शान्तिगुरुङ, सरिता तिम्सिनापगेनी, खेम सारु मगर, स्मिता अधिकारी, रोशनी गुरुङ र रविनाआले सम्मानित भइसकेका छन् ।









संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया