एमाले प्रथम गण्डकी अधिवेशन
७ नेताले छाने पोखराका एमाले प्रदेश अधिवेशन प्रतिनिधि (नामावली सहित)

पाेखरा ।
नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशनका लागि पाेखरा महानगर पालिकाबाट प्रतिनिधि छनाैट सम्पन्न भएकाे छ । एमाले पाेखरा महानगर कमिटीका अध्यक्ष दिलिप न्यापानेका अनुसार बुधबार प्रदेश कार्यलयलाई पाेखराका अधिवेशन प्रतिनिधिकाे नामावाली बुझाइएको छ ।
८७ जना प्रतिनिधिका लागि २ सय ८८ जनाकाे उमेद्वारी बनेपछि पाेखरा महानगर कमिटीले महानगरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सर्वसम्मत रुपमा चयन गर्न एक सहजीकरण समिति र त्यसमाथि अनुमोदन समिति बनाएकाे थियो । सहजीकरण समितिमा ४ जना र अनुमोदन समितिमा ३ नेता सहभागी थिए ।
एमाले श्रोतका अनुसार सहजीकरण समितिमा पाेखरा महानगर कमिटीका अध्यक्ष दिलिप न्याैपाने, कास्की जिल्ला कमिटीका अध्यक्ष मनबहादुर गुरुङ, केन्द्रीय सदस्यद्वय कृष्ण थापा र भिम कार्की थिए भने अनुमाेदन समितिमा कास्की इन्जार्ज थममाया थापासहित नेताहरु खगराज अधिकारी र जगत विक सहभागी थिए ।
प्रतिनिधि चयन पनि चुनाव गर्दा नराम्राे सन्देश जाने भएकाले मापदण्ड बनाएर प्रतिनिधि चयन गरिएकाे सहजीकरण समितिमा सहभागी एक नेता ले बताए । सबैकाे चित्त बुझाउन नसकिए पनि पार्टी हितका लागि चुनावमा नगएर सर्वसम्मत छनाैटकाे विधि अपनाएकाे उनले दावी गरे ।
उत्पिडित तर्फकाे नामावली प्राप्त नभए पनि अन्य ७५ जना प्रतिनिधिकाे नामावली समाधानले प्राप्त गरेको छ । ति निम्न छन् ।













कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया