आइसिटी सहकारीको सभा

पोखरा ।
आइसिटी सहकारी संस्था लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारण सभा गरेको छ । सभामा वर्तमान अवस्थामा अर्थतन्त्रमा देखा परेको आर्थिक मन्दीका सन्दर्भमा सदस्यबीच अन्तक्र्रियात्मक छलफल पनि भयो ।
सभामा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारी नियमभित्र रहेर सञ्चालक र सेयर सदस्यहरु मिलेर सहकारीलाई मजबुत बनाएर लैजानुपर्नेमा जोड दिए । आर्थिक अनुशासनको क्षेत्राधिकारभित्र रहेर कारोबार गर्दा समस्या सिर्जना नहुने जनाउँदै सहकारीको सिद्धान्त मर्म र भावना अनुरुप रहेर कारोबार गर्न सञ्चालक र सेयर सदस्यहरुलाई आग्रह गरे । उनले सूचना सञ्चार र प्रविधिको क्षेत्रमा टेवा पु¥याउने कुनै पनि खालको परियोजनामा सहकारीलाई पोमनपा सहकारी समितिको तर्फबाट दिन सक्ने साथ र सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
संस्थाका अध्यक्ष सवि शेरचनले सूचना सञ्चार र प्रविधिमा टेवा पु¥याउने उद्देश्यले २०७८ सालमा स्थापित भएको सहकारीमा तरलता अभावको समस्या नरहेको र संस्थाको कारोबार पारदर्शी एंव स्वस्थ रहेको जानकारी दिइन् । उनले संस्थालाई रामा्रे र सुदृढ वनाउने जिम्मेवारी सदस्यहरुको पनि भएकाले संस्थामा नियमित कारोवारको लागि समेत आग्रह गरिन् ।
संस्थामा उत्कृष्ट कारोबार गर्ने २ जना सदस्यहरुबाट बचतकर्ता र सदस्य एवं सदस्यका छोराछोरीहरुलाई शैक्षिक एवं पदोन्नति सम्मान सभामा प्रदान गरिएको थियो । सूचना सञ्चार र प्रविधिमा टेवा पु¥याउने उद्देश्यले २०७८ सालमा स्थापित भएको सहकारीको सेयर पुँजी १ करोड ११ लाख ६५ हजार र महिला २७ पुरुष ८८ छन् ।
कार्यक्रममा सल्लाहकार सदस्य ईविन्द्रराज तिवारी, गुणानिधि पाण्डे, चण्डीप्रसाद अर्याल र फ्रेम उद्योग व्यवसाय संघको अध्यक्ष कोपिला श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखे । कार्यक्रमको सञ्चालन सचिव विश्वकुमार प्रधानले गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष दूधमान गुरुङले गरेका थिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया