घरपझोङ ‘कृषि तथा पर्यटन’ महोत्सवमा ३० लाख खर्च ३० लाख आम्दानी हुँने प्रक्षेपण

जोमसोम— मुस्ताङको घरपझोङ गाउँपालिकाद्धारा आयोजना हुँने प्रथम कृषि तथा पर्यटन महोत्सवमा ३० लाख खर्च र ३० लाख आम्दानी हुँने प्रक्षेपण गरिएको छ । गाउँपालिकाद्धारा सार्वजनिक गरिएको महोत्सव संञ्चालन सम्वन्धि प्रस्तावनामा महोत्सव खर्च र आम्दानी बराबरी हुने प्रक्षेपण गरिएको हो ।
घरपझोङ गाउँपालिकाको लागि मात्रै नभई समग्र मुस्ताङ जिल्लाकै कृषि र पर्यटन व्यवसायको प्रर्वद्धन गर्ने उद्देश्यसहित बिहिबारदेखि मुस्ताङ सदरमुकाम जोमसोममा महोत्सव संञ्चालन हुँने बताईएको छ । कृषि र पर्यटन लक्षित विभिन्न उद्देश्यसहित आयोजना हुन लागेको प्रथम कृषि तथा पर्यटन महोत्सवमा सोही प्रक्षेपण अनुसार आवश्यक तयारी अन्तिम चरणमा पू¥याईएको बताईएको छ ।
कृषि तथा पर्यटन महोत्सवका लागि गाउँपालिकाले ५ लाख अनुदान रकम विनियोजन गरेको हो । महोत्सवका लागि प्रायोजक तथा विज्ञापन दाताबाट १० लाख, आर्थिक सहयोग १० लाख,टिकट बिक्रीबाट २ लाख, खेलाडीहरुको प्रवेश शुल्क वापत १ लाख,बिक्री स्टल शुल्कबाट १ लाख र अन्य विविधबाट १ लाख गरी ३० लाख आम्दानी हुँने प्रक्षेपण गरेको हो ।
यसैगरी व्ययखर्चतर्फ उद्घाटन कार्यक्रम( अतिथि सत्कार,मञ्च व्यवस्थापन,जलपान) ४ लाख,स्टल निर्माण,गेट तथा ठाउँ व्यवस्थापनमा ५ लाख,खैल मैदान निर्माणमा १ लाख ५० हजार, उत्कृष्ट पुरस्कारतर्फ ३ लाख ५० हजार, दोहोरी कलाकार खर्च ४ लाख,साउण्ड सिस्टममा २ लाख ,प्रचार प्रसारमा २ लाख, अतिथि तथा कार्यक्रममा खटिने कर्मचारी तथा पदाधिकारीलाई खाना खर्च २ लाख,सरसफाई तथा सरसफाई कर्मचारी व्यवस्थापन खर्च १ लाख, झाँकी तथा नाचगान व्यवस्थापन खर्च १ लाख,बिजुली र पानी खर्च १ लाख ५० हजार,मसलन्द तथा खेलकुद सामाग्री खर्च १ लाख ५० हजार र विविध खर्चतर्फ १ लाख गरी ३० लाख खर्च अनुमानित गरिएको हो ।







गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया