मन्टेसरी चाइल्ड ट्यालेन्ट सो हुँदै

पोखरा ।
पोखरामा असोज १९ गते तेस्रो मन्टेसरी चाइल्ड ट्यालेन्ट शो हुने भएको छ । मन्टेसरी एसोसिएसन कास्कीको आयोजनामा उक्त कार्यक्रम हुन लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
पोखरा सभागृह हलमा आयोजना हुने ट्यालेन्ट शोमा पोखरामा रहेका ३२ मन्टेसरीका ४ सय ४० जना बालबालिकाहरुको सहभागिता रहने अध्यक्ष शान्ति बास्तोलाले बताइन् । उनका अनुसार एसोसिएसनमा ४८ मन्टेसरी स्कुल आबद्ध छन् ।
मन्टेसरीमा भएका बालबालिकाको प्रतिभा प्रस्फोटन गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताइन् ।
कार्यक्रमकी संयोजक रीता पौडेलले ट्यालेन्ट शोमा ३२ आइटम प्रस्तुत हुने बताइन् । एकैपटकमा बढीमा १६ जना बालबालिकाले प्रस्तुति राख्ने उनले खुलाइन् । संस्थापक अध्यक्ष अरुणा शेरचनले साना बालबालिकाहरुमा पनि प्रतिभा हुन्छ भन्ने सन्देश दिन पनि कार्यक्रम आयोजना गरिएको बताइन् ।
कार्यक्रम सहसंयोजक विष्णु घिमिरेले एसोसिएसनको नियमित कार्यक्रम अन्तर्गतै कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा बालबालिकाले गायन, चित्रकला, नृृत्य, अभिनय तथा नयाँ अन्य प्रतिभा समेत प्रस्तुत गर्न पाउने छन् । ६ वर्षमुनिका बालबालिकाको सहभागिता रहने गरी कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम सफल बनाउन मूल आयोजक समिति सँगै विभिन्न उपसमिति समेत बनाइएको छ । ट्यालेन्ट शोमा पुरस्कारको भने व्यवस्था गरिएको छैन ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया