सम्पादकीयः अपराधीलाई माफीः दण्डहीनतालाई प्रश्रय

दिन दहाडै खुँडा हानेर मान्छे मारेका नेपालगन्जका योगराज ढकाल (रिगल)लाई सरकारले कैद छुट र माफी मिनाहा गर्यो । संविधान दिवसका दिन उनी छुटेनन् मात्रै अबिरजात्रै गरे । त्यसबाट सरकारले मान्छे मार्ने गम्भीर र जघन्य अपराधीलाई पनि छोड्छ र पीडित निमुखा मान्छेलाई हेप्छ भन्ने सन्देश गएको छ । हो, यही विषयको बहस अहिले राष्ट्रिय रुपमा भइरहेको छ । चालचलन असल भएको कैदीलाई छुट कैद र माफी मिनाहाको कानुनी व्यवस्था नभएको होइन । तर क्रूर हत्यामा चाहिँ माफी मिनाहा हुन्न भन्नै नै फौजदारी कार्यविधि संहितामा व्यवस्था छ । तर सरकारले रिगलले गरेको हत्यालाई सामान्य मान्यो र छोड्यो । कारण उनको अपराधलाई सामान्य मान्नुमात्रै थिएन, त्यसमा राजनीति जोडिएको थियो । सत्तासीन नेपाली कांग्रेसको उनी कार्यकर्ता हुनु र कांग्रेसकै भरले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनिरहनुले त्यो निर्णयमा काम गरेको छ ।
राजनीतिक आवरणमा अपराध गर्नेलाई छुट दिएर सरकारले कानुनीराजको बदख्वाइँ गरेको छ । मुलुकमा दण्डहीनता बढाउन झन् बढी प्रश्रय दिएको छ । अपराध गरे पनि हुन्छ, राजनीतिक पहुँच छ भने छुटिहालिन्छ भन्ने सन्देश दिएर अपराधीको मनोबल बढाउने अनि पीडितको गिराउने काम सरकारले गरेको छ । सरकार भनेको निमुखा नागरिकका लागि हुनुपर्छ । राज्यको प्रमुख काम भनेको नागरिकको सुरक्षा र न्याय हो । त्यसैमा गम्भीर गल्ती सरकारबाट भएको छ । त्यसकै विरुद्ध अहिले भारती मानन्धर सर्वाेच्च अदालतमा समेत अनसन बस्न पुगिन्, जसको श्रीमान् त्यही रिगल भनिने अपराधीबाट मारिएका थिए ।
अपराधीलाई सधैं जेलमा कोचिरहनुपर्छ भन्नेभन्दा पनि उसलाई अदालतले तोकेको सजाय भुक्तान गर्न लगाउनुपर्छ । झन् गम्भीर प्रकृतिका अपराधमा पनि छुट र माफी मिनाहा भयो भने त्यसले समाजमा झन् अपराध बढाउन मद्दत गर्छ । सरकारमा बसेपछि जसलाई खुँडा हाने पनि हुने र मान्छे मारे पनि हुने भन्ने गलत सन्देश दिएर सरकारले आफ्नो लोकप्रियतामात्रै घटाएको होइन राज्य संयन्त्रप्रति नै नागरिकको वितृष्णा बढाएको छ । आस्था घटाएको छ । जुन देशमा अपराधीलाई छुट हुन्छ, त्यो देशको नागरिक सुरक्षित हुँदैन । त्यस्ता अपराधीलाई छोडेर आफ्नो कुर्ची सुरक्षित बनाउँछु भन्नु नै अपराध गर्नु हो, जसमा सरकारबाट गम्भीर भूल भएको छ । यसलाई सच्च्याएर सरकारले दण्डहीनता होइन कानुनीराज मुलुकमा छ र हुन्छ भन्ने सन्देश दिन जरुरी छ ।








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया