गाउँगाउँमा ट्राफिक सचेतना

लेखनाथ ।
चाडबाडको समयमा हुन सक्ने घटनालाई ध्यानमा राख्दै गण्डकी ट्राफिक प्रहरी कार्यालयले ग्रामीण ट्राफिक सचेतना कार्यक्रम चलाएको छ । बजार क्षेत्रबाट नजिकका ग्रामीण क्षेत्रमा चल्ने यातायातका साधनमा होसियारी नअपनाउँदा हुने सक्ने घटनाबारे चालक, सहचालक र यात्रुलाई जानकारी दिइएको हो ।
यसैक्रममा डाडाँकोनाक ट्राफिक कार्यालयले पोखराबाट बेगनास, रुपा, भरतपोखरी र माझठाना क्षेत्रमा चल्ने सवारी साधनहरुलाई ठाउँठाउँमा रोक्दै क्षमताभन्दा बढी यात्रु नराख्न, तीव्रगतिमा सवारी नचलाउन, लाइसेन्स लिएर मात्र सवारी चलाउन र चालकले मादक पदार्थ सेवन नगर्न आग्रह गर्दै आएको हो ।
ग्रामीण ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत डाँडाकोनाक ट्राफिक कार्यालयका प्रहरी साहयका निरीक्षक जितबहादुर केसी र प्रहरी सहायक हवल्दार पदमसिंह धामी लगायतको टिमले आफ्नो क्षेत्राधिकारभित्र दैनिक रुपमा बस, टेक्सीदेखि मोटरसाइकलका यात्रुहरुलाई बिच बाटोमा रोकेर नियमका बारेमा जानकारी गराउँदै आएको बताएका छन् ।








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया