सम्पादकीयः सिद्धान्त अनुसार सहकारी चलाऊ

अहिले धमाधम सहकारी संस्थाहरुले साधारणसभा गरिरहेका छन् । देशमा आर्थिक संकट रहेका बेला अहिले धेरै सहकारी सकसमा छन् । केही सहकारी त कारोबार गर्नै नसक्ने अवस्थामा पुगेका छन् । जति सहकारी समस्यामा छन्, तीमध्ये अधिकांशको कारण भनेको सहकारीको मर्म र सिद्धान्तलाई तिलाञ्जली दिएर कारोबार गर्नु हो । सञ्चालकहरुको अवैध कारोबारको मात्रा कतिसम्म रहेछ भन्ने अहिले अर्बाैं ठगेर उनीहरु सम्पर्कविहीन भएपछि पत्ता लगाएको छ ।
पछिल्लो समय नेपालको सहकारी क्षेत्रमा धेरै समस्या देखिन थालेका छन् । सहकारीका नाममा ठूला ठूला ठगीका घटना बाहिर आउन थालेपछि सहकारी क्षेत्रको शुद्धीकरणका लागि आवाज पनि उठ्न थालेको छ । सेयर सदस्यले सहकारीको अवस्था, कारोबार, रकमको सदुपयोगबारे जानकारी पाउने बेला साधारणसभा हो । सभाका बेला यसको नीति, लगानी क्षेत्र र भावी दिशाबारे बहस हुन्छन् । यसमा सेयर सदस्य चनाखो बन्नैपर्छ ।
अहिले सहकारीको सिद्धान्त के हो र यो किन पालना हुन सकिरहेको छैन भन्ने जवाफ खोज्नु आवश्यक छ । तीनै तहका सरकारदेखि सहकारी क्षेत्रका सरोकारवालाले यसमा ध्यान दिनुपर्ने बेला आएको छ । सहकारीलाई नियमन गर्ने निकाय प्रभावकारी बने र सेयर सदस्यले उचित निगरानी गरे यसका धेरै समस्या आफैं समाधान हुन्छन् । सामान्यतः सहकारीको अर्थ सहकार्य गर्नु हो । कुनै पनि काममा एकआपसमा सहयोग आदानप्रदान गर्नु नै सहकारिता हो ।
समान हैसियत र समान उद्देश्य बोकेका एउटै समाजमा बसेका मानिस मिलेर एकअर्काको हितका लागि काम गर्नु नै सहकारीको उद्देश्य हो । सहकारीको सिद्धान्त अनुसार समुदायले समुदायकै लागि सामूहिकरूपमा काम गर्ने यसको उद्देश्य भए पनि सो अनुसार किन काम हुन सकिरहेको छैन ? यसको अध्ययन र समाधानको उपाय खोजी गर्नु आवश्यक छ ।
समान हैसियत र समान उद्देश्य भएका समुदाय मिलेर संस्था सञ्चालन गर्नु सहकारीको सिद्धान्त भए पनि यसमा धनी र टाटाबाठाको वर्चश्व बढ्दै भएको देखिन्छ । बाँकी सदस्यले उनीहरुकै नीतिनियम मान्नुपर्ने अवस्था नै नेपालका सहकारीको मूल समस्या हो । बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्था देखिएपछि सहकारी विभागले केही सहकारीको अनुसन्धानका लागि सिआइबीलाई गुहार्नुपरेको अवस्था छ ।
सम्पत्ति र दायित्व अधिक हुनु, सहकारी संस्थाका सञ्चालक आफैंले बचत रकम परिचालन गर्नु, आफूनिकट व्यक्तिलाई बिनाधितो कर्जा प्रवाह गर्नु, घरजग्गा र सेयर जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्नु, सहकारीका कर्मचारीले नक्कली निक्षेपकर्ता र ऋणी बनाएर ऋण लिनुजस्ता समस्याले सहकारीहरु संकटग्रस्त अवस्थामा पुगेका हुन् । सहकारीको दर्तादेखि नै यसमा कडाइ गरेर प्रभावकारी नियमनको व्यवस्था गर्नु आवश्यक छ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया