पारा खेलाडीलाई एनसेलको साथ

काठमाडौं ।
एनसेलले सम्पूर्ण पारा खेलाडीहरुको सीप विकास र प्रशिक्षणका लागि राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालसँग सहकार्य गरेको छ । यही कात्तिक ५ देखि ११ गतेसम्म चीनको हृङजाओ सहरमा हुने चौथौं पारा एसियन गेम्समा जाने खेलाडी तथा प्रशिक्षकलाई एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले शुभकामना दिएका छन् ।
यस वर्ष पारा एसियन गेम्समा विभिन्न १० खेलमा नेपालका १९ पारा खेलाडी सहभागी हुँदै छन् । एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, टेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस खेलमा नेपाल सहभागी हुनेछ ।
प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले पारा खेलाडीहरु हौसला र साहसका एक उदाहरण र प्रेरणाका स्रोत भएको बताए ।
‘भिन्न क्षमता भएका वर्गलाई सम्मान गर्दै उहाँहरुको सपनालाई साथ दिएर अधि बढाउन सहयोग गर्न एनसेल सदैव तत्पर छ । एनसेल र एनपीसीको यो सहकार्यले धेरैभन्दा धेरै पारा खेलाडीहरुको विकासमा सहयोग पुर्याउने विश्वास लिएका छौं,’ उनले भने ।
यस एसिएन गेम्सका लागि चिफ–डि–मिसनको रुपमा एनपीसिका कोषध्यक्ष ओमनाथ शिवाकोटी छन् । एसियन गेम्स २०२२ एक प्रतिस्पर्धा मात्र नभई हाम्रा राष्ट्रिय पारा खेलाडीलाई अन्तराष्ट्रिय स्तरमा खेल खेल्न सक्छन् भनेर प्रमाणित गर्ने एक महत्वपुर्ण प्लेटर्फम पनि हो ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया