प्रधानमन्त्री दाहाल भोली बिहान मुस्ताङ आउने

जोमसोम—सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बुधबार हिमाली जिल्ला मुस्ताङ आउने भएका छन् । नेकपा माओवादी केन्द्रको जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत संयुक्त जिल्ला भेलालाई सम्वोधन गर्न प्रधानमन्त्री दाहाल कार्तिक १ गते भोली मुस्ताङ आउन लागेका हुन् ।
प्रधानमन्त्री दाहाल भोली बुधबार मुस्ताङ आउने तयारी पुरा भएको माओवादी केन्द्र मुस्ताङका संयोजक धिरेन्द्र ल्वागुनले जानकारी दिए । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मुस्ताङको आयोजनामा हुँने कार्यक्रममा मुस्ताङका ५ वटै स्थानीय तहबाट जनसहभागिता रहने संयोजक ल्वागुनले बताए ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति मुस्ताङले पहिलो पटक पार्टीले लिएका एजेण्डा स्थापित गर्न ,संगठन विस्तार, जनताका आधारभुत आवश्यकता र मुस्ताङको चुनौती पूर्ण विषयहरु प्रधानमन्त्री मार्फत सम्वोधन गर्ने उद्देश्यले प्रधानमन्त्री दाहाललाई मुस्ताङमा आमन्त्रण गरिएको संयोजक ल्वागुनको भनाई छ ।
यसअघि असोज २३ गते तय गरिएको प्रधानमन्त्री दाहालको मुस्ताङ भ्रमण कार्यव्यस्ताका कारण रोकिएको थियो । पार्टी जिल्ला ईञ्चार्ज कपिल लामाको पहलमा पून ः प्रधानमन्त्री ज्युलाई मुस्ताङमा आमन्त्रण गरिएको हो ।
जनतासंग माओवादी विषेश रुपान्तरण अभियान अन्र्तगत घरघरमा माओवादी ,जनजनमा माओवादी नारासहित विगत २ महिनादेखि मुस्ताङी जनताको घरघरमा पुगेको र त्यहाँ जनताका धेरै समस्या पार्टी समक्ष आएको संयोजक ल्वागुनले जनाए । उनले पार्टी जिल्ला ईञ्चार्ज लामाकै पहलमा गृह मन्त्रालयमा समन्वय गरी प्रधानमन्त्री ज्युले चीन भ्रमणमा उत्तरतर्फका नाका खोल्न पहल भएस्वरुप कोरलानाका खोल्न सफल भएको बताए ।
मुस्ताङमा विगत ४ वर्षदेखि बन्द रहेको कोरलानाका खोल्न सफल भएको र केही प्रावधिक कारणले थोरै ढिलो हुन पुगेको संयोजक धिरेन्द्र ल्वागुनले उल्लेख गर । पार्टी अध्यक्ष ज्युले उत्तरतर्फ नाका खोल्न महत्वपूर्ण भूमिका निर्वाह गरेको र यो पार्टीको पनि ठुलो उपलब्धि भएको संयोजक ल्वागुनको भनाई छ ।
प्रधानमन्त्री दाहाल समक्ष कालिगण्डकी नदीमा नदी उकासले बस्ती जोखिममा पारेको समस्या, यसको दीर्घकालिन समस्या समाधानका उपाय, वारागुङ—३ को साविक छुसाङका ५ वटा गाउँलाई निशेधित तथा नियन्त्रित क्षेत्रबाट फुकुवा गराउन र भूमी सम्वन्धि समस्या समाधानका लागि प्रधानमन्त्री तहबाटै समस्या समाधान गर्न उद्देश्यले प्रधानमन्त्रीलाई मुस्ताङमा आमन्त्रण गरिएको हो । प्रधानमन्त्री उपस्थित कार्यक्रममा जनताले सिधै जिल्लाका समस्याहरु राख्न पाउने व्यवस्था गरिएको संयोजक ल्वागुनले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले मुस्ताङको घरपझोङ—३ पुथाङ एअरपोर्ट स्थित बहुउद्देश्य समाजघरमा आयोजित संयुक्त जिल्ला भेलालाई सम्वोधन गर्ने बताईएको छ । यसका लागि माओवादी केन्द्र जिल्ला समन्वय समितिले सबै आवश्यक तयारी अगाडी बढाएको छ ।
संयुक्त जिल्ला भेला अघि राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण आयोजना मार्फत जलवायु परिवर्तनले पारेको प्रभाव र यसको असरका विषयमा समेत भोली बिहान ८ बजे अन्तक्रियाँ गरिने भएको छ । प्रधानमन्त्रीले संयुक्त जिल्ला भेला सकेर जोमसोम स्थित पार्टी कार्यालयको समेत अवलोकन गर्ने बताईएको छ । पार्टी कार्यालय भवन भाडामा बस्दै आईरहेको छ ।








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया