सम्पादकीयः विश्व शान्ति र राष्ट्रसंघ

धेरै वर्षदेखि जारी गाजा क्षेत्रको विवाद अझै सुल्झिएको छैन । इजराजय र प्यालेस्टाइनबीच फेरि युद्ध भएको छ । अस्पतालमै समेत आक्रमण भएका छन् । संयुक्त राष्ट्र संघले जारी युद्ध रोक्न भने पनि इजरायलले युद्धविराम गर्न अस्वीकार गरेको छ । पहिलो विश्व युद्धपछि स्थापना भएको लिग अफ नेसनले दोस्रो विश्व युद्ध रोक्न सकेन । फलस्वरुप विश्वले ठूलो मूल्य चुकायो । त्यसपछि संयुक्त राष्ट्रसंघ स्थापना भयो ।
विश्व शान्ति, सहकार्य, सहअस्तित्व, स्वतन्त्रता र मानवताको पक्षमा काम गर्ने विश्वका सबैजसो देश सम्मिलित संयुक्त राष्ट्र संघबाट विश्वमै ठूलो अपेक्षा गरिन्छ । राष्ट्रसंघको स्थापनापछि पनि विश्वमा अनेकौं युद्ध भएका छन् । अहिले अस्पताल जस्तो अत्यावश्यक सेवा दिने निकायमाथि भएको आक्रमणको नेपालले समेत विरोध जनाएको छ । मध्य एसियाका अधिकांश देशबाट यस क्रूर र अमानवीय घटनाको विरोध भएको छ ।
सो आक्रमणमा मृत्यु हुनेमा अधिकांश बालबालिका र ज्येष्ठ नागरिक छन् । इजरायली आक्रमणमा परेर मृत्यु भएका गाजा क्षेत्रका सर्वसाधारणमध्ये केही अस्पतालमा शरण लिन पुगेका थिए । सो घटनाको इजिप्ट, अरब, इरानलगायत मुलुकले कडा आपत्ति जनाएका छन् । यसअघि प्यालेस्टेनी विद्रोही समूह हमासको आक्रमणमा परी १० नेपाल विद्यार्थीको मृत्यु भएको थियो । एक नेपाली विद्यार्थी अझै वेपत्ता छन् ।
हमासले २० असोजमा इजरायलको म्युजिक कन्सर्टमा एकाएक आक्रमण गरेपछि त्यसको प्रतिकारमा इजरायलले लगातार हवाई र रकेट आक्रमण जारी राखेको छ । हमासले गैरसैनिक नागरिकलाई समेत बन्धक बनाएर इजरायललाई धम्की दिएपछि ती नागरिकलाई छुटाउन र हमासलाई निमिट्यान्न बनाउन लगातार आक्रमण जारी राखिएको छ । इजरायलले गाजा क्षेत्रमा पानी, विद्युत् र इन्धन आपूर्ति ठप्प पारेको छ । बंकरमा बसेका जनता भोकभोकै मर्ने अवस्थामा छन् । इजरायलको चेतावनीपछि अहिले गाजाका लाखौं प्यालेस्टाइनी विस्थापित भइसकेका छन् । कतिपय इजिप्टको सिमानामा अलपत्र छन् ।
इजरायली कारबाही र प्यालेस्टाइनी लडाकू समूहहरूबीच भएको युद्धमा अहिलेसम्म ५ हजारभन्दा बढी मारिएका छन् । आक्रमणमा २० हजार हाराहारीमा घाइते भएका छन् । अस्पतालमा विस्फोट भएपछि बढी चिन्तित देखिएको अन्तर्राष्ट्रिय समुदायले शान्ति स्थापना गर्ने जोड दिएको छ । यसअघि रुस र युक्रेन युद्धले विश्वभर संकट ल्याएको थियो । त्यो युद्धको असर अझै बाँकी छ । अमेरिकी राष्ट्रपति जो वाइडनले हमासविरुद्धमा आफ्नो समर्थन जारी रहेको बताएका छन् ।
वाइडनले विश्वका आतंकवादलाई ध्वस्त पार्न अमेरिकाको सहयोग निरन्तर रहने बताएका छन् । तर हमासलाई सिध्याउने बहानामा निहत्था प्यालेस्टाइनीमाथि आक्रमण रोक्नुपर्छ । हमासको गल्तीलाई भने कदापि स्वकार्नु हुँदैन । शान्ति स्थापना गर्न विश्वका शक्तिशाली राष्ट्र एकजुट हुनुपर्छ । त्यसको लागि संयुक्त राष्ट्र संघले मुख्य भूमिका खेल्नुपर्छ ।









खरानीबाट ब्यूँतियो गण्डकी प्रदेशसभा
सम्पादकीय—राष्ट्रियसभाको गरिमा राख
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया