सम्पादकीयः शान्ति प्रक्रिया टुंगोमा पुर्याऊ

एक दशक चलेको माओवादी सशस्त्र द्वन्द्व अन्त्य लगत्तै नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघको प्रत्यक्ष तथा परोक्ष संलग्न रहेको छ । राष्ट्र संघको नियोग अन्मिनले नेपालमा सन् २००७ देखि २०११ सम्म सेनाको समायोजन र हतियार व्यवस्थापनको काम गरेको थियो । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने सन्दर्भमा चासो व्यक्त गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा आएका महासचिव गुटेरेसले पीडित, परिवार र समुदायहरूमा शान्ति ल्याउन संक्रमणकालीन न्यायले सघाउनै पर्ने प्रतिक्रिया दिए । प्रधानमन्त्री प्रचण्ड लगायत पूर्व प्रधानमन्त्रीहरुलाई भेटघाट गरपछि महासचिव गुटरेसले संक्रमणकालिन न्यायका संयन्त्रलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउन र सर्वोच्च अदालतका आदेश र पीडितका आवश्यकता समेटिने र त्यसलाई व्यवहारमा लागु हुने गरी प्रक्रिया विकास गर्न संयुक्त राष्ट्रसंघ सघाउन तत्पर बताए । सन २००८ मा पनि संयुक्त राष्ट्रसंघका तत्कालिन महासचिव वान कि मुन नेपाल भ्रमणमा आएका थिए । त्यसबेला पनि प्रधानमन्त्री प्रचण्ड नै थिए । महासचिव वान कि मुनले नेपाल भ्रमण गरेको लगत्तै नेपालका शान्ति प्रक्रियाको महत्वपूर्ण काम सेना समायोजन र हतियार व्यवस्थापन भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघीय महासभामा जानुअघि र गुटेरस नेपाल भ्रमणमा आउनुअघि विपक्षी दलसँग संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा साझा सहमति बनाउने प्रयासहरू गरेका थिए । सो विषयका ठोस प्रगति हुन सकेको देखिदैन । गुटरेसको नेपाल भ्रमणले नेपालको शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन तत्कालको लागि सहयोगी बन्न सकेको छैन । शान्ति प्रक्रियासँग जोडिएका सत्य निरूपण अनि बेपत्ता पारिएकाहरूको छानबिनको विषयलाई राष्ट्रसंघीय निकायहरूले बारम्बार उठाउने गरेका छन् । त्यसमा राष्ट्रसंघले विपक्षी दल तथा पीडित पक्ष सहित अन्तर्राष्ट्रिय समुदायको सहमति खोजिरहेको छ । त्यसैले नेपाल सरकार तथा सरोकारवाला निकाय शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन ढिला गर्नु हुदैन ।
२०६३ मंसिर ५ गते सरकार र तत्कालीन विद्रोही माओवादी पक्षबीच भएको बृहत् शान्ति सम्झौतामा ६ महिनाभित्र संक्रमणकालीन न्यायका विषय टुंगो लगाउने भनिएकोमा १७ वर्ष बितिसक्दा पनि यो मामिला टुंगिन सकेको छैन ।
सत्य निरूपण अनि बेपत्ता छानबिन जस्ता आयोगहरूले ६० हजारभन्दा धेरै उजुरी संकलन गरे पनि पीडितलाई न्याय र परिपूरणको काम अघि बढ्न सकेको छैन । नयाँ संसद् चुनिएपछि गत फागुन २५ मा संसद्मा दर्ता भएको ’बेपत्ता पारिएको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ अहिलेसम्म पनि त्यत्तिकै अलपत्र छ । यससम्बन्धी पछिल्लो संशोधन विधेयक दर्ता भए लगत्तै त्यसको विभिन्न कोणबाट आलोचना भएका थिए । पीडितहरूले न्याय नपाइने अवस्था सिर्जना भएको बताएका थिए भने अन्तर्राष्ट्रिय निकायहरूले पनि त्यसका विभिन्न प्रावधानको संशोधन गर्नु पर्ने आवाज उठाउदै आएका छन् ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया