पोखरामा पञ्चासे अल्ट्रा रेस प्रतियोगिता हुँदै

पोखरा ।
पोखरामा पञ्चासे अल्ट्रा रेस हुने भएको छ । कात्तिक १८ र १९ गते प्रतियोगितामा ४ वटा इभेन्ट हुने आयोजक पञ्चासे अल्ट्रा रेस सिरिजका संस्थापक राजीव श्रेष्ठले बताए ।
प्रतियोगिता ८० किलोमिटर, ५५ किलोमिटर, २५ किलोमिटर र ७ किलोमिटरमा छुट्टाछुट्टै प्रतिस्पर्धा तय छ । पोखराको सेरोफेरोका पहाडका थुम्का हेर्दै दौडिने गरी रुट तय गरिएको श्रेष्ठले सुनाए । अल्ट्रा रेस खेल प्रतियोगितामात्र नभएर खेल पर्यटनलाई बढावा दिन आयोजना गरिएको उनले प्रष्ट पारे ।
दौडमा अमेरिका, बेलायत, भियतनाम लगायत देशहरुका धावक सहभागी हुनेछन् । ८० किलोमिटर दौड लुम्रेबाट बिहान ४ बजे सुरु हुनेछ । लुम्रे हुँदै लोक्याम्प, बादल डाँडा, प्रितम देउराली, पञ्चासे भञ्ज्याङ, पुम्दीको शिव मन्दिर हुँदै लेकसाइडको खपौदीमा आएर सकिन्छ । यस्तै, ५५ किलोमिटरको दोस्रो इभेन्ट कोमागाने पार्कबाट बिहान ६ बजे सुरु हुन्छ ।
यो प्रतियोगिता शान्ति स्तूप, भञ्ज्याङ, नागडाँडा, कास्कीकोट, सराङकोट हुँदै खपैदीमै आएर सकिनेछ । तेस्रो २५ किलोमिटरको इभेन्ट कोमागाने पार्कबाट बिहान ८ बजे सुरु भई स्तूप, भञ्ज्याङ हुँदै सेदी आएर सकिनेछ । ७ किलोमिटरको इभेन्ट बिहान साढे ८ बजे कोमागने पार्कबाट सुरु भएर सेदी हुँदै पामेबजारमा आएर सकिनेछ ।
प्रतियोगिताका विजेता महिला र पुरुषले थाइल्यान्डमा हुने अल्ट्रा रेसमा सहभागी हुन पाउने अवसर पाउने छन् । दोस्रो हुने महिला, पुरुषले १५ हजार र तेस्रो हुनेले ७ हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगितामा धावक हरि रोकायालाई नगदसहित सम्मान गरिनेछ । यसअघि धावक मिरा राईलाई सम्मान गरिएको थियो । प्रदान गरिएको थियो । यसअघि पञ्चासे अल्ट्रा रेस सिरिजले रानीवन रेस, काहुँडाँडा रेस, प्याडी रेस, चेसिङ रेस प्रतियोगिता आयोजना गरेको संस्थापक राजीव श्रेष्ठले बताए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया