बालिकालाई यौन दुव्र्यवहार गर्नेलाई ३ महिना कैद

पोखरा ।
बालिकालाई यौन दुव्र्यवहार गर्ने १ जनालाई जिल्ला अदालत कास्कीले बुधबार ३ महिना कैद फैसला सुनाएको छ । गएको असार २३ गते आफ्नो घरमा बोलाई ५५ वर्षीय गम्भीरबहादुर सार्कीले बालिका परिवर्तित नाम ‘२०७९ पोखरा (९१)’लाई दुव्र्यवहार गरेका थिए ।
यौनजन्य अस्वभाविक कार्य गरेको अभियोगमा न्यायाधीश केशवप्रसाद बास्तोलाको एकल इजलासले सार्कीलाई ३ महिना कैद फैसला गरेको हो । आदेशमा पीडित बालिकालाई ५ हजार क्षतिपूर्ति र ३ हजार जरिवाना तिराउनेसमेत उल्लेख छ ।
आफ्नी छोरीलाई ललाईफकाई यौनजन्य अस्वभाविक कार्य गरेको भन्दै बालिकका बुबाले जिल्ला प्रहरी कार्यालय कास्कीमा असार २४ गते उजुरी दिएका थिए । पोखरा ५ घर भएका सार्कीलाई घटना भएकै दिन प्रहरीले नियन्त्रणमा लिएको थियो । जाहेरी परेपछि मुचुल्कासँगै प्रहरीले असार २८ गते बालिकाको स्वास्थ्य परीक्षण गराएको थियो ।
जिल्ला अदालतले गम्भीरसँग साउन १७ गते नै धरौटी माग गरे पनि उनले रकम बुझाएनन् । त्यसपछि बयान, बकपत्र लिएपछि कात्तिक १५ गते ३ महिना कैद फैसला भएको हो ।
बालिकाको परिवार गम्भीरको घर नजिकै बस्थ्यो । सोही क्रममा पीडित बालिका र ५५ वर्षीय गम्भीरको चीनजान भयो । असार २३ गते बेलुका ५ बजे घरबाहिर खेलिरहेकी बालिकालाई बोलाएर गम्भीरले दुव्र्यवहार गरेका थिए । बालिकासँगै खेल्दै गरेकी एक युवतीले गम्भीरले आफूलाई पनि तानेकोमा फुत्किएर भागेको बयान दिएकी थिइन् ।









सम्पादकीय—राष्ट्रियसभाको गरिमा राख
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया