पदयात्रीसँग शुल्क नलिन ट्रेकिङ एजेन्सीकाे माग

पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले गरेको पालिकाभित्रका पदमार्गमा पदयात्रा गर्न जाने पर्यटकसँग प्रवेश शुल्क उठाउने निर्णय विवादित बनेको छ । गाउँपालिकाले पर्यटकसँग शुल्क लिने निर्णय गरेसँगै पर्यटन व्यवसायी रुष्ट बनेका छन् । पर्यटनसँग सम्बन्धित संस्था ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) ले पनि निर्णयको विरोध गरेको हो ।
टान अध्यक्ष धर्मराज पन्थीले पालिकाको सूचनाले पर्यटन व्यवसायमा नकारात्मक सन्देश प्रवाह भएको बताए । ‘भर्खरै उदाउँदो पदमार्गमा पर्यटकसँग चर्को शुल्क लिने निर्णय पर्यटनमैत्री छँदै छैन । कोरोनाले शिथिल बनेको पर्यटन क्षेत्रमा पर्यटकलाई झण्झट थप्ने जुन निर्णय भयो, यसले पर्यटकको मुड चेन्ज भएको छ । अन्य गन्तव्यतर्फ मोडिएका छन्,’ अध्यक्ष पन्थीले भने । उनले दोहोरो शुल्क नलिन आग्रह गरे ।
एक्यापले सार्क देशका पर्यटकसँग १ हजार र तेस्रो देशका पर्यटकसँग ३ हजार रुपैयाँका दरले प्रवेश शुल्क लिन्छ । यसरी एक्याप र पालिकाले शुल्क लिने भए पनि यसको मारमा समग्र पर्यटन क्षेत्र पर्ने भन्दै पर्यटन व्यवसायीहरु रुष्ट बनेका हुन् । साथै, पर्यटन विभागले पनि पर्यटन बोर्ड र टानसँग मिलेर पदयात्रा सूचना प्रणालीका लागि पर्यटकसँग शुल्क लिँदै आएको छ । सार्क राष्ट्रका पर्यटकसँग १ हजार र तेस्रो मुलुकका पर्यटकबाट २ हजारका दरले शुल्क लिने गरेको छ ।
यसअघि नेपालीसँग भने शुल्क उठाउने गरिएको थिएन । तर, पालिकाले पालिकामा पर्यटकीय क्षेत्रको व्यवस्थापनका लागि भन्दै पालिकाले आन्तरिक पर्यटकसँग १ सय र विदेशी पर्यटकसँग ५ सय रुपैयाँ शुल्क लिने निर्णय गरेको थियो । पदमार्गको पूर्वाधार निर्माण, सूचना केन्द्र स्थापना, सोलार बत्ती जडान र फोहोर मैला व्यवस्थापनका लागि शुल्क लिने निर्णय भएको पालिकाको दाबी छ ।
यो रुटमा मर्दी हिमाल ट्रेक पछिल्लो समय पदयात्री र पर्यटकको रोजाइमा पर्छ । यहाँका माछापुच्छ्रे मोडल ट्रेक र ग्रेट माछापुच्छ्रे ट्रेक गरी २ पदमार्ग चर्चित छन् । पदमार्ग पर्यटनलाई प्रोत्साहन गर्नुपर्नेमा पालिकाले शुल्क लिने नाममा पर्यटक तर्साउने काम गरेको मर्दी हिमाल पर्यटन व्यवसायी बताउँछन् । पालिकाले निर्णय फिर्ता नलिए विरोधमा उत्रिने व्यवसायीहरुको चेतावनी छ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया