गण्डकी प्रदेश सरकारकाे अटेरिपना
जम्मा २७ हजार महसुल नतिर्दा भाैतिक पूर्वाधार मन्त्रालयको लाइन काटियो

पाेखरा ।
गण्डकी प्रदेश सरकार भाैतिक तथा पूर्वाधार विकास मन्त्रालयकाे बिजुली आपूर्तिकाे लाइन काटिएकाे छ । नेपाल विद्युत प्राधिकरण पाेखरा बितरण केन्द्रले आज विहान देखि साे मन्त्रालयमा जाेडिएकाे बिजुलीकाे लाइन काटेको हो ।
चार महिनादेखि विद्युत महसुल नतिरेको भन्दै प्राधिकरणका कर्मचारीले विहानै गएर लाइन काटेका हुन् । पाेखरा बितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले समाधानलाई बताए अनुसार मन्त्रालयले २७ हजार ६५ रुपैया वक्याैता तिर्न बाँकी छ । मन्त्रालयले ४ महिनादेखि विद्युत महसुल बुझाएको छैन् ।
यस्तै नेपाल विद्युत प्राधिकरणले लामो समयसम्म विद्युत महसुल नबुझाएकाे कास्की कारागार अर्थात जेलकाे बिजुलीकाे लाइन काटेको छ । पोखरा वितरण केन्द्रले बारम्बार ताकेता गर्दा पनि महसुल नबुझाएकाे भन्दै आज बिहान देखि लाइन काटेको हो ।
केन्द्र अन्तर्गत सबैभन्दा बढी महसुल बक्यौता बाँकी भएको ग्राहकको लाइन काटेको केन्द्र प्रमुख राजिवकुमार सिंहले बताए । कारागारले झण्डै २० लाख रुपैया बक्याैता तिर्न बाँकी छ । जनताले २ सय नबुझाउदा पनि बिजुली काटिने तर सरकारी कार्यालयले २० लाख बिल उठ्दा समेत नतिरेपछि काट्न बाध्य भएकाे केन्द्र प्रमुख सिंहले समाधानलाई बताए ।
पछिल्लो समय केन्द्रले महसुल बुझाउन अटेर गर्ने, ६० दिनभन्दा बढी बक्यौता भएको ग्राहकको लाइन काटी महसुल संकलन गर्ने कामलाई तिव्र गतिमा अघि बढाएको छ ।
केही दिनअघि नै लाइन काट्ने तयारी गरिएपनि कारागारले समय माग गरेकोले एक साता थप गरिएको थियो । तर, थप गरिएको समयभित्र बाँकी बक्यौता महसुल नबुझाएपछि लाइन काटिएको सिंहले बताए । अब, जरिवानासहितको बाँकी महसुल बुझाएपछि मात्र कार्यालयको लाइन जोडिनेछ ।
केन्द्रले शनिबार पनि ६० दिनभन्दा बढी बक्यौता बाँकी भएको १०७ ग्राहकको लाइन काटेको छ । यी ग्राहकले १२ लाख ९९ हजार ८३४ रुपैयाँ महसुल बुझाउन बाँकी थियो । यसैगरी, शनिबार नै ४७ ग्राहकले ५ लाख ३८ हजार ५८४ रुपैयाँ बक्यौता बुझाएपछि लाइन पुन जोडिएको छ ।
केन्द्रले अहिलेसम्म गण्डकी प्रदेशको महसुल नबुझाउने सबै सरकारी कार्यालयको लाइन काटि कारबाही गरिसकेको छ । नेपालमा विद्युत सेवा उपभोग गर्ने सर्वसाधारणले ६० दिनभन्दा बढी महसुल बक्यौता राख्नासाथ लाइन काटिने गरेको भएपनि सरकारकै कार्यालयहरूले भने लामो समय बक्यौता राख्ने गरेका छन् । पछिल्लो समय प्राधिकरणले बक्यौता महसुल उठाउने कार्यलाई तदारुकताका साथ अगाडि बढाएको छ ।







कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया