स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन गण्डकी गठन

समाधान संवाददाता २०८० कार्तिक १९ गते १८:१०

पोखरा ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)मा आबद्ध नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन गण्डकी प्रदेश कमिटीको शनिबार अधिवेशन आयोजक कमिटी गठन गरिएको छ । युनियनको केन्द्रीय कमिटीले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय क्षमता अभिवृद्धि तालिम कार्यक्रमको क्रममा कमिटी गठन गरिएको हो ।

Advertisement


कमिटीको संयोजक सन्तोष अधिकारी, सहसंयोजक शुभास नेपाल रहेको जिफन्ट गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए । युनियनको अधिवेशन आयोजक कमिटीको सदस्यमा अमृत पौडेल, प्रेमकुमार नकर्मी, ओम थापा र लक्ष्मी भट्टराई छन् ।


युनियनको प्रदेश स्तरीय क्षमता अभिवृद्धि तालिममा ३५ युनियनकर्मीको सहभागिता थियो । तालिममा जिफन्ट राष्ट्रिय कमिटीका उपाध्यक्ष विदुर कार्की प्रमुख प्रशिक्षक थिए । कार्यक्रममा जिफन्ट गण्डकी प्रदेश कमिटीका अध्यक्ष खत्री, नेपाल स्वास्थ्य तथा कर्मचारी युनियन केन्द्रीय कमिटीका अध्यक्ष उमेश गिरी, महासचिव उमेश बर्तौला, युनियनका प्रतिनिधि परिषद्का उपप्रमुख कमला लुइटेल लगायतले तालिमको महत्वबारे बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया