गाउँमै रोजगारी दिन्छौं: मुख्यमन्त्री

ढोरपाटन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलले युवालाई गाउँमै रोजगार दिने गरी काम सुरु गरेको दाबी गरेका छन् । नेपाली कांग्रेस बागलुङको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले पछिल्लो समय गाउँ छोड्दै विदेश पलायन हुने युवाको संख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारले गाउँलाई विकासले जोड्नुका साथै रोजगार सृजना गर्न थालेको जनाए ।
गाउँबाट बजार झर्ने र बजारबाट विदेश पलायन हुनेको क्रम डरलाग्दो हुँदै गएको भन्दै यसलाई रोक्न प्रदेश सरकार लागिरहेको उनको भनाइ छ । आफू मुख्यमन्त्री भएपछि जनताले महसुस हुने गरी काम गर्न थालेको भन्दै सरकारको काम देखेर प्रतिपक्ष अतालिन थालेको पाण्डेले जिकिर गरे । प्रदेश सरकारले भुइँ मान्छेका काम, गरिब, दुःखी र सर्वहाराको काम गर्ने उनले सुनाए ।
मुख्यमन्त्री पाण्डेले भने, ‘हामी संघीयता कार्यान्वयनकै चरणमा छौँ, भर्खरै ठीक बेठीक भनेर छुट्याउने समय भएको छैन, कार्यान्वयनका चरणमै जनताका समस्या बुझ्ने र जनताका आवश्यकता र मागका आधारमा विकास निर्माण भइरहेको छ, केही तत्वले संघीयताका बारेमा प्रश्न गरी रहेका छन्, अब कोही पनि युवा विदेश पलायन हुने गरी गाउँमै रोजगार सृजना गर्छौँ, गाउँका मान्छेलाई गाउँमै रोक्न काम गर्छौँ ।’
मुख्यमन्त्री पाण्डेले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेसले ठूलो योगदान गरेको जनाए । कांग्रेस पार्टीलाई बलियो बनाउन जनस्तरबाटै नेता, कार्यकर्ता लाग्नुपर्ने भन्दै नेताहरु पनि उत्तरदायी र जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।









पासपोर्ट अब २ दिनभित्रै पाइने
खरानीबाट ब्यूँतियो गण्डकी प्रदेशसभा
सम्पादकीय—राष्ट्रियसभाको गरिमा राख
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया