भूकम्पपीडितलाई १ साताको पारिश्रमिक

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकीको प्रदेशसभा संसदीय दलले भूकम्पपीडितलाई एक साताको पारिश्रमिक पठाउने निर्णय गरेको छ । आइतबार बसेको एमाले संसदीय दलको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
एमाले संसदीय दलका नेता खगराज अधिकारीले प्रत्येक प्रदेशसभा सदस्यको एक साताको पारिश्रमिक पठाउने निर्णय भएको जानकारी दिए । ६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेका २२ सदस्य छन् । प्रदेशसभा उपसभामुख विनाकुमारी मगरलाई संसदीय दलले निर्देशन दिन नमिल्ने जनाउँदै नेता अधिकारीले २१ जनाको पारिश्रमिक करिब तीन लाख पठाइने उल्लेख गरे ।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका अधिकारीले अहिले उद्धारको क्रम जारी रहेको जनाउँदै क्षतिको पूर्ण विवरण आइसकेपछि पुनस्र्थापना र पुनर्निर्माणका लागि थप सहयोग आवश्यक परे त्यसका लागि तयार रहेको जनाए । उनी भन्छन्, ‘गण्डकी सरकारले नै सबै सांसदसँग अनुरोध गर्ला कि भन्ने सोचेका थियौँ, कसै न कसैले सुरु गर्नुपर्छ भनी घोषणा गरेका हौँ ।’
एमाले संसदीय दलको बैठकले शुक्रबार राति गएको भूकम्पबाट निधन भएकाहरुप्रति श्रद्धञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । एमाले गण्डकी प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले उद्धार, उपचार र पुनस्र्थापनामा कुनै कमी हुन नदिन आग्रह गर्दै संघीयताको मर्मअनुरुप एक प्रदेशमा विपत्ति आउँदा अर्काे प्रदेशले सहयोग गर्नुपर्नेमा जोड दिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया