इन्द्रेणी सहकारीको सभा

समाधान संवाददाता २०८० कार्तिक २० गते १२:१५

पोखरा ।
पोखरा १७ छोरेपाटन क्षेत्रको पहिलो सहकारी इन्द्रेणी बचत तथा ऋण सहकारीको १६ औं वार्षिक साधारण सभा शनिबार भएको छ । सभामा कास्की बचत तथा ऋण सहकारी संघ अध्यक्ष भेषराज उपाध्यायले सहकारीहरु नीति, नियम अनुसार चल्न नसक्दा समस्यामा पर्ने गरेको जनाए । उनले सहकारीहरुले तोकिएका नीति, नियमलाई अक्षरंश पालन गर्नुपर्ने जनाए ।

Advertisement


कार्यक्रममा गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोला, छोरेपाटन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रीनाथ पहारी, समाजसेवी झपिन्द्रराज रेग्मी, गुप्तेश्वर महादेव बहुमुखी क्याक्पसका अध्यक्ष श्रीराम सुवेदी, सल्लाहकारहरु देवराज आचार्य र सुभाष ढुंगाना, सेयर सदस्य सीता बराल, सहकारीका उपाध्यक्ष विन्दु कार्की, शिक्षा उपसमिति संयोजक दीपकराज बराल, सचिव डिल्लीराम शर्मा लगायतले बोलेका थिए ।


सभामा सल्लाहकारहरु भेषराज उपाध्याय र रघुनाथ अधिकारी, लेखा समिति संयोजक प्राडा टंकराज अधिकारी, सञ्चालक समिति सदस्य नानीबाबु ढकाल, समाज कल्याण उपसमिति सदस्य देवीबहादुर थापालाई सम्मान गरिएको छ ।

Advertisement


यस्तै, कारोबारकर्ताहरु भीमबहादुर/अमृता थापा, नेटबहादुर/देवी गुरुङ, दुर्गादत्त/भगवती पोखरेल, छायाँदत्त भट्टराई, हरिप्रसाद लम्साल, रोशनप्रसाद श्रेष्ठ, मोहन खड्का, चित्रबहादुर पौडेल क्षेत्री, रविला शर्मा र लक्ष्मी गोदारलाई सम्मान गरिएको थियो ।

कर्मचारी केशव ढकाल, उत्कृष्ट अंकसहित स्नातकोत्तर, स्नातक र कक्षा १२ उत्तीर्ण सेयर सदस्यका छोराछोरीहरु समेत कार्यक्रममा सम्मानित बने । कार्यक्रम सहकारीका अध्यक्ष सागर अधिकारीको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया