भूकम्पपीडितका लागि राहत लिएर पोखरा आइपुग्याे चिनियाँ जहाज

समाधान संवाददाता २०८० कार्तिक २२ गते १२:११
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान भूकम्पपीडितलाई राहत लिएर आएका दुई चिनियाँ विमान ।

पोखरा ।
भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिएको सहयोग सामग्रीसहित चिनियाँ जहाज पोखरा आइपुगेका छन् । राहत सामग्री लिएर चिनियाँ सेनाका दुई जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

Advertisement

चिनियाँ राजदूत छन सोङले सो समान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । राहत सामान ग्रहण गर्ने गृहमन्त्री श्रेष्ठ केही समय अघि पोखरा आएका थिए । यहाँबाट नेपाली एयरलाइन्समार्फत कर्णाली लैजाने तयारी छ ।

Advertisement

तपाईको प्रतिक्रिया