पाेखरा–काठमाडाैं लागि सुपर भिआइपी एअर बस सेवा
पाेखरा ।
लामो समयदेखि सार्बजनिक यातायात व्यवसायमा सकृय पोखराको जगदम्बा ट्राभल्सले पाेखरा–काठमाडाैं–पोखरा रुटमा सुपर भिआइपी एअर बस सेवा मंगलबारदेखि सञ्चालनमा ल्याएकाे छ । याे बस अहिलेसम्म याे रुटमा चल्ने बसहरु मध्येकाे सबै भन्दा सुविधा सम्पन्न बस सेवा हाे ।
समयको माग र यात्रुहरुकाे चाहना अनुसारकाे गुणस्तरीय सेवा बिस्तार गर्दै आएको जगदम्वा ट्राभल्सले यात्रुहरुकाे आरामदायी यात्राका लागि पाेखरा–काठमाडाैंकाे रुटमा नयाँ बस थपेको छ । घरमा सुतेर जाने समयमा आराम पूर्वक यात्रुहरु निदाएरै गन्तब्यमा पुग्न सकुन् भनेर सुपर भिआइपी एअर बस सेवा सुरु गरेकाे जगदम्बा ट्राभलका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।
हरेक दिन राती नाै बजे पाेखरा र काठमाडाैंबाट छुट्ने यी बसमा लग्जरीयस शोफा सीट , ट्वाइलेट, बाथरुमको सुबिधा छ । जाडोको समयलाई ध्यानमा राखेर प्रत्येक सिटका लागि छुट्टा छुट्टै सफा बल्याकेंट ओढ्न पाइने याे बसमा यात्रा गर्दा यात्रुले खाजासहित चिया, कफी पिउन पाउने अध्यक्ष अधिकारीले बताए । प्रत्येक सिटमा माेवाइल चार्जर भएको याे बसमा यात्रा गर्ने यात्रुले आफ्नो आवश्यकता अनुसार बसेकै सिटबाट AC चलाउन पाउनेछ ।
सामान्यतया ४५ सिट क्षमता भएको यात्रु बसकाे बडी प्रयाेग गरेर यात्रुहरुकाे सुविधाका लागि जम्मा २८ सिट कायम गरिएकाे अधिकारीले बताए । पाेखराको प्रस्याङ र काठमाडाैंको बालाजुबाट हरेक दिन छुट्ने यो बसमा यात्रा गर्ने यात्रुले २ हजार रुपैया भाडा तिर्नु पर्नेछ ।









कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया