११ महिनामा ४ चाटर्ड उडान

पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहानदेखि दिउँसोसम्म भिन्नै चहलपहल थियो । उच्च पदस्थहरुको आगमनको व्यवस्थापनमा विमानस्थल प्रशासन र सुरक्षा निकाय परिचालित थिए ।
बिहान ९ बजेति चिनिया सेनाका २ विमान विमानस्थलमा अवतरण गरे । गएको जनवरीबाट सञ्चालनमा आएको यो विमानस्थलबाट अझै नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । करिब ११ महिनाको अवधिमा ४ चार्टड उडान भएका छन् ।
गएको शुक्रबार जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि चीनले पठाएको राहत सामग्री लिएर २ विमान पोखरा आएका हुन् । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममामा गरी १ सय ५३ जनाको मृत्यु भएको छ भने २ सय ५० भन्दा बढी घाइते भएका छन् ।
राहत सामग्री लिएर आएका चिनिया विमान बुधबार दिउँसो नै चीन फर्किएका छन् । यहाँ पहिलो वर्ष अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ लगायतका शुल्क नलाग्ने व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय उडानमा यात्रुले प्रतिव्यक्ति ३ हजार रुपैयाँका विमानस्थल कर तिर्नुपर्छ ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले नियमित उडानअघि चार्टर्ड उडान नै हुने जनाउँदै यसले सकारात्मक सन्देश प्रवाह हुने बताउनुहुन्छ । ‘यस्ता उडानले सकारात्मक सन्देश प्रवाह गरेको छ, चाडै नियमित उडान हुने अपेक्षा पनि गरेका छौँ । अरु चार्टर्ड उडान पनि हुँदै छन्,’ उनले भने ।
गएको शुक्रबार जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पछि चीनले पठाएको राहत सामग्री लिएर २ विमान पोखरा आएका हुन्
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी भिआइपी आगमन र चार्टडले पोखराको पर्यटन र उडान क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने भए पनि नियमित उडानमै जोड दिनुपर्ने विचार राखे । ‘पोखराबाट कुनमिन हुँदै हङकङ, पोखरा चेन्दु जस्ता उडानका लागि पहल गर्नुपर्छ । सरकार र जिम्मेवार निकायले इच्छाशक्तिसहित काम गर्नुपर्छ, यति ठूलो लगानीलाई बर्बाद हुन दिनुहुन्न ।’
यसअघि चीनको छेन्दुबाट सिचुआन एयरलाइन्सको जहाज आएको थियो । पोखरामा भएको ड्रागन बोट रेसमा सहभागी खेलाडी र अतिथिलाई लिएर सिचुआनको जहाज आएको थियो । सिचुआनको जहाज फर्किदा रित्तै थियो । विमानस्थल सञ्चालन भएको ८ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक उडान भएको थियो । ड्रुक एयरको जहाज भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा आएको थियो ।
३ यात्रु लिएर आएको १ सय ५० यात्रु क्षमताको ड्रुकको त्यो जहाज पोखराबाट ४२ पर्यटक लिएर भुटान फर्किएको थियो । ड्रुक भुटानको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी हो । पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट यसले १० अन्तर्राष्ट्रिय गन्तव्य र तीन आन्तरिक विमानस्थलमा उडान भर्दै आएको छ । यसले काठमाडौंमा पनि उडान गर्ने गरेको छ ।
त्यही उडानबाट अन्तर्राष्ट्रिय उडनमा यो विमानस्थलले पहिलोपटक आम्दानी गरेको थियो । त्यो उडानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान मानिएको छ । गएको जनवरी १ मा विमानस्थल उद्घाटन भए पनि यो अहिलेसम्म केही चार्टर्ड विदेशी उडान र आन्तरिक उडानमै सीमित छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपैयाँ लगानी भएको छ ।
भूकम्पपीडितलाई २८ करोडका ब्लांकेट र टेन्ट
चीन सरकारले बुधबार जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई करिब २८ करोडको राहत हस्तान्तरण गरेको छ । चिनियाँ राजदूत चेन सङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पोखरामा आयोजित समारोहमा बुधबार ती सामग्री हस्तान्तरण गरे ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले ४ हजार ६ सय थान ब्याङ्केट र ६ सय थान टेन्ट चिनिया सरकारले प्रदान गरेको जानकारी दिए । चिनिया राहत सामग्री बुधबार दिउँसो नै ट्रकमार्फत् भूकम्प प्रभावित क्षेत्रमा पठाइएको छ ।
राहत बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले विपत्ति आउँदा दुवै छिमेकीले यथाशीघ्र सहयोग घोषणा गरी तत्काल उपलब्ध गराएकोमा धन्यवाद दिए । उनले भने, ‘नेपाल र चीन ऐतिहासिक मित्र देश हुन् । हाम्रो दुखसुखमा सधै चिनिया सहयोग रहँदै आएको छ ।’ गृहमन्त्री श्रेष्ठले एकद्धार प्रणालीबाट राहत र पुनर्निर्माणको काम हुने प्रष्ट पारे ।
‘एकद्वार भनेको ३ तहकै सरकारको समन्वयमा हुने काम हो । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत् काम भइरहेको छ,’ उनी भन्छन् । गृहमन्त्री श्रेष्ठले नागरिकलाई यो विपदका बेला ४ कुरा सरकारले ग्यारेन्टी गरेको सुनाए । उनले भने, ‘कोही नागरिकले उपचार नपाउने नहोस्, भोकै नहुन्, कोही चिसोमा नसुतून्, कसैको बास खुला आकासमुनि नहोस् ।’ कर्मचारी, सुरक्षाकर्मी र जनप्रतिनिधि मिलेर एकीकृतमा प्रभावित क्षेत्रमा काम भइरहेको उनको भनाइ छ ।
अब चाडै सरकारले पुनस्र्थापना र पुनर्निर्माणण गर्ने उहाँको भनाइ छ । गोरखा महाभूकम्पबाट सिकेको पाठ लागू गरी यी अभियान प्रभावकारी बनाइने उनले सुनाए । विपदमा राजनीति नजोड्न आग्रह गर्दै गृहमन्त्रीले संकटका बेला एकजुट भएर लाग्न सबै पक्षलाई आग्रह गरे ।
कार्यक्रममा रातदूत सङले भूकम्पको क्षतिमा नेपालीसरह दुःख अनुभूति भएको जनाए । उनले बुधबार प्रदान गरिएको सहयोगका अतिरिक्त चिनिया रेडक्रसले छुट्टै राहतसमेत प्रदान गर्ने उल्लेख गरे । ‘शताब्दीऔंदेखि मित्रता रहेका नेपाल र चीनको मित्रता निभाउँदै हामीले मानवीय सहयोग गरेका हौँ । बेल्ट एन्ड रोड अवधारणमा अन्तर्गत नेपालमा धेरै काम गरिरहेका छौँ ।’ यसअघि नै चीनले केरुङ नाका हुँदै झन्डै १० करोडका २३ ट्रक राहत सामाग्री पठाएको छ ।









गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया