शितलज्योति र आदर्श क्लव सेमी फाइनलमा

समाधान संवाददाता २०८० कार्तिक २३ गते ११:२५

पोेखरा ।
एलसी ब्रदर्स युनाइटेड पोखरा लामाचौरको आयोजनामा पोखरा १९ लामाचौर फुटबल मैदान गोष्ते घाटमा जारी फुटबल प्रतियोगितामा बुधबार क्वाटर फाइनलका २ खेल भएका छन् ।

Advertisement


पहिलो खेलमा शितल ज्योति युवा क्लबले नेपाल प्रहरी गण्डकी प्रदेशलाई ३–२ गोल अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । शितल ज्योतिका लागि खेलको १५ औं मिनेटमा सन्दीप गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने पहिलो हाफको अन्तिम मिनेटमा नेपाल प्रहरीको कमजोर डिफेन्सको फाइदा उठाउँदै उनले पुनः १ गोल गरेका थिए ।


अति रोमाञ्चन एवं प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा २ गोलले पछि परेको नेपाल प्रहरी गण्डकी प्रदेशको टिमले दास्रो हाफको सुरुवातसँगै खेलमा पुनरागमन ग¥यो । नेपाल प्रहरीका लागि खेलको ३७ औं मिनेटमा विवेक गुरुङले १ गोल गरे भने ४२ औं मिनेटमा आशीष थारुले १ गोल गर्दै खेल बराबरी बनाए ।


खेलमा सम्हालिन नसक्दा शितल ज्योतिका सन्दीप गुरुङले खेलको ५५ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्न सफल भए । खेलको ५८ औं मिनेटमा शितल ज्योतिका युनिक तामाङले गोल गर्दै टिमको लागि ४–२ गोल अन्तरको जित दर्ता गराए । शीतल ज्योतिका सन्दीप म्यान अफ द म्याच बने ।


दोस्रो क्वाटर फाइनल खेलमा आदर्श युवा क्लब भण्डारढिक सैनिक बस्तीले बाँनिया ब्रदर्स, लामाचौर माथि ३–० गोल अन्तरको सहज जित निकाल्यो । आदर्शको जितमा राजकुमार कुँवरले खेलको ५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । बाँनिया ब्रदसैका विशाल नेपालीको आत्मघाती गोलले आदर्श युवा क्लब २–० ले अगाडि रह्यो । आदर्शका लागि अन्तिम गोल खेलको ३७ औं मिनेटमा विकास परियारले गरे । खेलको म्यान अफ द म्याच आदर्शका कप्तान अर्जुन गुरुङ बने ।

Advertisement


बिहीबार बाँकी रहेका २ क्वाटर फाइनल खेल हुनेछन् । क्वाटर फाइनलको पहिलो खेल एलजी एसोसिएसन लालीगुँरास टोल र गण्डकी स्पोट्स मालेपाटनबिच हुनेछ भने दोस्रो खेल बाँनिया ढिकुरपोखरी युवा समाज नौडाँडा र एन टु कफी सप, टुँडिखेल पोखराबिच हुनेछ ।

कात्तिक १९ देखि सुरु भएको प्रतियोगितामा१४ टोलीको सहभागिता छ । खेलका विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र साथै विधागत पुरस्कार प्राप्त गर्ने छन् । विगत ४ वर्ष सेभेन ए साइड फुटबल आयोजना गर्दै आएकोमा हाल लामाचौरमै पूर्ण मापदण्डको राम्रो खेलमैदान रहेकाले ११ साइड नै आयोजना गरिएको र यसैलाई निरन्तरता दिइने आयोजक एलसी ब्रदर्स युनाइटेडका अध्यक्ष शंकर केसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया