अन्नपूर्णमा रंगोली उत्सव

पोखरा ।
अन्नपूर्ण गाउँपालिका ९ तीखेढुंगामा तेस्रो अन्तरविद्यालय स्तरीय रंगोली प्रतियोगिता भएको छ । प्रतियोगितामा उल्लेरी आधारभूत विद्यालय प्रथम, भगवती माध्यमिक विद्यालय दोस्रो र झिलिबराङ आधारभूत विद्यालय मोदी पर्वत तेस्रो भए ।
उत्कृष्ट रंगाेली बनाउने विद्यार्थी समूहलाई दक्षिण कोरियाका कला शिक्षक कु ह्युम किमले जनही १५ हजार, १३ हजार, ११ हजार र सहभागी समूहलाई उत्सवको रङ व्यवस्थापनका लागि २ हजार नगद पुरस्कार र प्रमाणपत्र दिएका छन् । तिहारमा लक्ष्मीपूजाको दिन लक्ष्मीलाई घर भित्र्याउन बनाइने रंगाेली नेपालीहरूको मौलिक मण्डेला निर्माण कलासँग नजिकको सम्बन्ध भएकाले कला प्रवद्र्धन गर्न विगत ३ वर्षदेखि रंगाेली उत्सव र प्रतियोगिता गरिएको कला शिक्षक किमले बताए ।
उनले आफू भिजिट भिसामा नेपालमा आइ समाजसेवा गरेको र आफ्नो मृत्यु्पछि पनि अन्नपूर्णमा रंगाेली उत्सव निरन्तर चल्ने विश्वास जनाए । अन्नपूर्ण गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष रमेश गुरुङले ग्रामीण भेगका विद्यार्थीले प्रतियोगितामा सहभागी भएर आफ्नो कला प्रतिभा देखाउन पाउनु गौरवको कुरा भएको बताए ।
वडा सदस्य तथा कार्यपालिका सदस्य पुष्पा पुनले अभिभावकलाई सन्तानको शिक्षादीक्षाका लागि बाख्रा वितरण गर्नु सराहनीय भएको धारणा राखेकी थिइन् । खसीले मसी हुने ठहर गर्दै किमले १० जना अभिभावकलाई १ लाख ५० हजार बराबरको माऊ बाख्रा वितरण गरेका थिए ।
विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रस्फुटन र मौलिक कला संस्कृतिको संरक्षणमा रंगाेली उत्सवले थोरै भए पनि योगदान दिने भएकाले रङगोली उत्सवका परिकल्पनाकार किमलाई विद्यायलयले विर्सन नहुने कुरा शैक्षिक विभाग प्रमुख कीर्तिराज ढकालले बताए ।
प्रत्येक सहभागी समूहलाई रङ व्यवस्थापन, १२ वटा परम्परागत माटोको दियो, फूलहरू दिएर रङगोली बनाइ साँझ दीप प्रज्वलन गरिएको थियो । सहभागी विद्यार्थीहरू र शिक्षकलाई आयोजक विद्यालयले नै आवास र खानपानको व्यवस्थापन गरेको थियो ।
रङगोली उत्सव कोरियन कला शिक्षक किमको परिकल्पना, आर्टफिल्ड ग्यालरी दक्षिण कोरियाको प्रायोजन, अन्नपूर्ण ड्रोइङ ड्रिम टिमको सहकार्य र परिचय डटकम पोखराको प्रवद्र्धनमा श्री भगवती माध्यमिक विद्यालयले आयोजना गरेको प्रतियोगितामा १२ वटा समूह प्रतियोगीका रूपमा रहेको कार्यक्रम संयोजक खेमबहादुर पुनले जानकारी दिए ।
लामो समयदेखि कला संस्कृतिको अध्ययन गरिरहेका किमले अन्नपूर्ण गाउँपालिकामा विगत १० वर्षदेखि चिकलाको शिक्षण, विद्यार्थीहरूलाई पोशाख, शैक्षिक सामग्री, छात्रावृत्ति वितरण, अभिभावकलाई बाख्रा वितरण परियोजना, विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन् । किमले अन्नपूर्ण ड्रोइङ ड्रिम टिम गठन गरि चित्रकला सिकाउने, तत्स्थानीय चित्रांकन गराइ नेपाल र कोरियाका विभिन्न सहरमा कला प्रदर्शनी गरिसकेका छन् ।
भगवती माध्यमिक विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष हिमलाल जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक चन्द्रकुमारी गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् भने संयोजक खेमबहादुर पुनले कार्यक्रम सञ्चालन गरेका थिए ।









खरानीबाट ब्यूँतियो गण्डकी प्रदेशसभा
सम्पादकीय—राष्ट्रियसभाको गरिमा राख
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया