श्रमिक नेकपा एसमा प्रवेश
समाधान संवाददाता
२०८० मंसिर ९ गते १०:५२

पोखरा ।
नेतृ श्रमिक जिसी नेकपा एकीकृत समाजवादी(एस) प्रवेश गरेकी छन् । पोखरा ४ की बासिन्दा जिसीलाई शुक्रबार एसका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका हुन् ।
अध्यक्ष नेपालले युवाको प्रतिनिधित्व गर्दै जिसीसहित थुप्रै युवा एकीकृत समाजवादीमा समाहित हुने क्रम जारी रहेको जनाए । उनले सबैलाई पार्टीले उचित जिम्मेवारी दिएर काममा परिचालित गर्ने सुनाए । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भएको कार्यक्रममा पार्टीका पदाधिकारीहरु उपस्थित थिए ।
शैक्षिक क्षेत्रसहित सामाजिक क्षेत्रमा सक्रिय जिसी गत आम निर्वाचनमा कास्की २ (२)मा स्वतन्त्र उम्मेदवार थिइन् । उनले स्वतन्त्र र परिवर्तन चाहने युवा नभेटेको जनाउँदै युवालाई समाजवादको यात्रासम्म लैजान एकीकृत समाजवादी उपयुक्र्त पार्टी ठानेर यसलाई रोजेको सुनाइन् ।
सम्बन्धित









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया