पवित्र साकोसमा विद्यार्थी सम्मान

पोखरा ।
पवित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विद्यार्थीलाई सम्मान गरेको छ । संस्थाले शैक्षिक सत्र २०८० सम्ममा १०+२ देखि विद्यावारिधि तह पूरा गरेका सेयर सदस्य र सदस्यका छोराछोरी २२ जनालाई सम्मानित गरेको हो ।
विद्यार्थीलाई संस्थाका सल्लाहकार श्रीबहादुर रानाभाट, ठाकुरप्रसाद रानाभाट, अध्यक्ष बुद्धिबहादुर रानाभाट लगायतले सम्मान अर्पण गरेका थिए । संस्थाका सल्लाहकार श्रीबहादुर रानाभाटले विद्यार्थी भाइबहिनीलाई सही बाटोमा डो¥याउन स–साना सम्मान र प्रोत्साहनले पनि ठूलो प्रेरणा मिल्ने धारणा राखे ।
रानाभाट/भाट समाज नेपालका कास्की जिल्ला अध्यक्ष सूर्यबहादुर रानाभाटले योग्यवान र क्षमतावान प्रतिभाका लागि अवसरले खोज्दै आउने भएकाले सबैले आफूलाई अब्बल तुल्याउन आवश्यक रहेको बताए । सम्मानित विद्यार्थीको तर्फबाट विद्यावारिधि पूरा गरेका दीपेश रानाभाटले पवित्र सहकारी सञ्चालनको प्रारम्भिक छलफलदेखि संलग्न रहँदै आएकोमा समयको कालक्रममा यसरी सोही संस्थाबाट सम्मानित हुन पाउँदा गौरवबोध भएको धारणा राखे ।
१०+२ उत्कृष्ट छात्रामध्येबाट मन्तव्य राख्दै विशेषता रानाभाटले संस्थाको सम्मानले आफूलाई प्रोत्साहन मिलेको भन्दै आभार व्यक्त गरिन् । कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ लाहाचोककी जनप्रतिनिधि गंगा रानाभाट, काहुँखोला इकाइ अध्यक्ष सुवेदार भीमबहादुर रानाभाट, सञ्चालक समिति सदस्य पूर्व प्रहरी नायब निरीक्षक यामबहादुर रानाभाट, गोमादेवी रानाभाट, शिक्षा उपसमिति संयोजक असफल गौतम, ऋण उपसमिति सदस्य प्रतिभा रानाभाट लगायतले बोेलेका थिए ।
सहकारीका अध्यक्ष बुद्धिबहादुर रानाभाटको अध्यक्षतामा कार्यक्रम भएको थियो ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया