चरक मेमोरियल अस्पतालको वार्षिकोत्सवमा निःशुल्क ओपिडी सेवा

पोखरा ।
पोखराको नागढुंगामा रहेको चरक मेमोरियल हस्पिटलको ११ औं वार्षिकोत्वको अवसरमा ओपिडी सेवा निःशुल्क हुने भएको छ । मंसिर २१ गते बिहान ११ बजे देखी बेलुकी ४ बजे सम्म ओपिडी सेवा निःशुल्क गरिएको र अन्य सेवाहरु जस्तै भिडियो एक्सरेमा ५० प्रतिशत, प्रयोगशालामा २० प्रतिशत, सिटी स्क्यान तथा एक्सरेमा १५ प्रतिशत, फार्मेसीमा १५ प्रतिशत छुट लगायत अन्य सेवाहरुमा पनि विशेष छुट गरिएको हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोख्रेलले जानकारी दिए ।
वार्षिकोत्वको दिन बिहान हस्पिटल प्राङ्गणमै रक्तदान कार्यक्रम र बेलुकी लेकसाइडस्थित वरपीपल रिसोर्टमा वार्षिकोत्सव कार्यक्रम राखिएको निर्देशक पोख्रेलले बताए । पोखराको नागढुंगामा अत्याधुनिक सुविधा सम्पन्न भवनसहित चरक मेमोरियल हस्पिटलमा हाडजोर्नी, नशा तथा मेरुदण्डका समस्या, सुगर थाइराइड सम्बन्धी समस्या, मुटु, ब्लडप्रेसर, महिला तथा प्रसूति, बाल रोग, पेट, छात्ति, फोक्सो, पत्थरी, हर्निया, पायल्स, फिसर, फिस्टुला सम्बन्धी उपचार भइरहेकाले वार्षिकोत्सवको विशेष छुटमा सहभागी हुन हस्पिटलले सबैमा आग्रहसमेत गरेको छ ।








कवितागाउँ’ लुम्लेमा विनोद गौचनको सालिक अनावरण : १२औं स्मृति दिवसमा स्रष्टाको सम्मान
पोखरामा ३६ जना ‘गाइड’ लाई चरा चिनाउने तालिम : बर्ड टुरिजम प्रवर्द्धनमा टेवा
आन्दोलनमा जलेको राजस्व कार्यालयलाई पोउवा संघले दियो कम्प्युटर
फागुन २१ को चुनावका लागि १६५ निर्वाचन अधिकृत नियुक्त : माघ २ भित्र कार्यालय खोल्नुपर्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया