व्यापार मेलामा देशकै ठूलो अटो मेला

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको दावी छ, ‘पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने मेला नाफामुखीभन्दा पनि प्रवद्र्धनात्मक र रोजगारी सिर्जनामा केन्द्रीत रहन्छ ।’
नयाँबजारमा मंसिर २१ गतेदेखि जारी र राष्ट्रिय औद्योगिक व्यापार मेलामा छिर्नासाथ विभिन्न मोडलका गाडी तथा मोटरसाइकल हेर्न पाइन्छ । यो पटकको मेलामा २४ वटा स्टलमार्फत् विभिन्न कम्पनीले गाडी, मोटरसाइकल र स्कुटर प्रदर्शन गरिरहेका छन् । र, अहिलेको मेलामा राखिएका अधिकांश सवारी साधन विद्युतीय (इभी) छन् ।
अटो मेलाको चाँजोपाँजो पश्चिमाञ्चल अटोमोवाइल्स डिलर्स एसोसियसन (वाडा)ले मिलाएको हो । वाडा अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले यो अटो प्रदर्शन काठमाडौंपछिको ठूलो भएको जनाए ।
‘काठमाडौं पोखरामा आयोजना हुने यो प्रदर्शनी नै सबैभन्दा ठूलो हो,’ उनले भने । उपभोक्ताको बदलिँदो स्वभावलाई ध्यानमा राख्दै विद्युतीय (इभी)को प्रदर्शनी र प्रवद्र्धन भएको उनले बताए । प्रदर्शनीमा राखिएका विद्युतीय सवारी साधनप्रति सहभागीहरुले चासो राख्ने गरेको र व्यापार पनि राम्रै भएको व्यवसायी प्रदीप पहारीको भनाइ छ ।
सेग्वे कम्पनीका स्कुटरहरुको आधिकारिक बिक्रेतासमेत रहेका पहारीले आइतबार मेलास्थलबाटै एउटा स्कुटर बिक्री गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको हातबाट ग्राहकलाई स्कुटरको चाबी हस्तान्तरण गरियो ।
अघिल्लो वर्ष मेलास्थलबाटै ५ वटाभन्दा बढी स्कुटर बिक्री भएको स्मरण गर्दै उनले थपे, ‘विद्युतीय सवारीप्रतिको रुची बढ्दो छ तर युवा पलायन हुँदा उपभोक्ता घट्दै गएको अनुभूतिचाहिँ भएको छ ।’









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया