पारामाउन्ट स्कुल २५ वर्षमा

पोखरा ।
पारामाउन्ट पब्लिक स्कुलले रजत जयन्ती तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले शिक्षाको महत्व र नेपालमा शिक्षको अवस्थाबारे प्रकाश पारे ।
दिलमाया गुरुङको अध्यक्षतामा शनिबार भएको वार्षिकोत्सवमा विद्यालयका प्रधानाध्यापक श्रीमान गुरुङले कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावकमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे । अभिभावकको सहयोगले, विद्यार्थीको मेहनत र शिक्षकको लगावले गुणस्तरीय शिक्षा दिने सकिने जनाए ।
समारोहमा प्राडा गुरुङ र शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले विद्यालयको स्मारिका सार्वजनिक गरे । गत वर्षको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु कार्यक्रममा पुरस्कृत बने ।
प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल र अभिभावक लक्ष्मण गुरुङले पनि कार्यक्रममा बोलेका थिए ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया