माछापुच्छ्रे टेनिस १० गतेबाट

पोखरा ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने २० औँ माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८० को तयारी पूरा भएको छ । भारत, बेलायत र बंगालादेशका खेलाडीसहित दुई सय तीन जना प्रतियोगितामा सहभागी हुने पक्का भएको छ ।
पुस १० बाट १४ गतेसम्म पोखरा रंगशालाको टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ १३ र पुरुषतर्फ दुई सय तीन जनाको सहभागिता रहने कास्की टेनिस संघका उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक नवीन चालिसे पोखरामा आइतबार आयोजित पत्रकार सम्मलेनमा जानकारी दिए । यसले खेलकुदमार्फत पोखराको पर्यटन प्रवर्धन गर्नसमेत महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।
प्रतियोगिता गर्न १९ लाख खर्च र २१ लाख आम्दानी हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताए । पुरस्कार राशिमा मात्रै नगद आठ लाख खर्च हुने र प्रतियोगिताबाट २ लाख बचत गर्ने आयोजकको लक्ष्य छ । प्रतियोगिता नेपालका नं १ देखि ८ नं सम्मका ¥याकिङ खेलाडीहरु मैदानमा उत्रिन संघका अध्यक्ष लोकबहादुर गुरुङले सुनाए ।
प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्षमाथि गरी १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया