कस्केली अधिकृत समाजमा स्वास्थ्य सचेतना

पोखरा ।
कस्केली अधिकृत समाजले समाजका सदस्यलाई लक्षित गरी सोमबार पोखरामा स्वास्थ्य सचेतना आयोजना गरेको छ । समाजको वार्षिक कार्ययोजना अनुरुप दुखाई व्यवस्थापन(पेन म्यानेजमेन्ट), क्लोरेस्ट्रोल एव अन्य स्वास्थ्य समस्याबारे चिकित्सकहरूले प्रशिक्षण दिए ।
पेन फिजिसियन डा हरि पौडेलले दुखाई स्वास्थ्य समस्या रहेको बताउँदै बेलैमा यसबारे सचेत र उपचार विधि अपनाउन सकेमा शारीरिक एवम् मानसिक रुपमा पार्ने थप असरबाट बच्न सकिने बताए । अर्का चिकित्सक डा. सन्तोष बानियाले आहारविहारमा सचेत भए क्लोरेष्ट्रोल लगायतका स्वास्थ्य समस्याबाट जोगिन सकिने बाए ।
समाजका सल्लाहकार देवेन्द्र केसीले यस्ता कार्यक्रमले जीवनोपयोगी विषयबारे जानकारी दिने बताए । संस्थाका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव महेश पौडेल, सहसचिव विष्णुप्रसाद पोखरेल, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, कृषि विकास बैंकका प्रदेश निर्देशक घनेन्द्र अधिकारी, सल्लाहकारहरू भगवान पन्त, प्रेमप्रकाश गौतम, डा. दीर्घनाथ ढुंगाना, विश्वनाथ पराजुली र ऋषिराम लामिछाने, पूर्व कर्मचारी परिषद्का अध्यक्ष नरहरि बराल लगायतले बोलेका थिए ।








सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया