सवारी ज्यान सम्बन्धि १ जना पक्राउ

समाधान संवाददाता २०८० पुष ११ गते २१:३७

पोखरा ।
सवारी ज्यान सम्बन्धि १ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरको छ । कार चालक जिल्ला कास्की माछापुच्छे« गाउँपालिका वडा नम्बर २ खादरजंग बस्ने ३२ वर्षीय भक्तराम गुरुङलाई वडा प्रहरी कार्यालयलाई नियन्त्रणमा लिएको हो ।

Advertisement


मंगलबार पोखरा ५ पस्र्याङको सिद्धार्थ बैंक अगाडी बिहान कारले ठक्कर दिँदा २ जना पैदल यात्रीको मृत्यु भएको थियो । बा १३ च ३७२१ नम्बरको कारको ठक्करबाट बागलुङ ढोरपाटन घर भई पोखरा ३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र पहिचान नखुलेका अर्का ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले नियन्त्रणमा लिई सवारी ज्यान सम्बन्धि मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरेको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया