मेयर कप ब्याडमिन्टन सुरु

पोखरा ।
राष्ट्रिय दोस्रो राष्ट्रिय खुला तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता बिहीबारबाटसुरु भएको छ । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरु भएको प्रतियोगितामा पहिलो दिन पुरुष सिंगल्सतर्फ एपिएफ क्लबका प्रदीप सोतीले देवीनगर क्लवका सुजल राज श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गरे ।
प्रतियोगिताका छैटौं वरियाताका एपिएफका देवराज रानाले सुन्सरीका गणेशबहादुर चम्लागाईलाई २१–१२ र २१–८ ले पराजित गर्दा पिएसविसीका विशान गुरुङले कास्कीका इशान खड्कालाई २१–१४ र २१–१५ ले पहिलो चरणको खेलमा पाखा लगाए ।
पुरुष सिंगल्सतर्फ नै एपिएफका अनिल मल्लले देवीनगरका बविश थापालाई २१–१९, १५–२१ र २१–१२ ले पराजित गर्दा पाँचौ वरियाताका नेपाल पुलिसका सुनील जोशी वाक आउटका आधारमा विजेता बने । एपिएफकै प्रम्भ सिम्खडाले कास्कीका अविराज शेरचनलाई १९–२१, २१–१२ र २१–१२ को सेटमा पराजित गरे भने देवीनगरका हेमन्त आयरले पिएसविसीका विवेक सुवेदीलाई २१–५ र २१–८ ले, एपिएफकै क्षितिज खनालले त्रिभुवन आर्मी क्लबका पविन लिङथेपलाई २१–८, २१–० ले हराए ।
१२ इभेन्टमा ४८ क्लब तथा जिल्लाका गरी ३ सयभन्दा बढी खेलाडी सहभागी
कास्कीका विधान अधिकारीले एपिएफका सुजन थापालाई २१–१९ र २१–११ ले, एपिएफका रोशन साउदले पिएसविसीका नितेश गुरुङलाई २१–११ र २१–९ ले, नेपाल पुलिस क्लवका पूर्ण बहादुर थापाले महोत्तरीका इशान झालाई २१–१२ र २१–८ ले तथा एपिएफका अरुण अधिकारीले सुनसरीका संगम गिरीलाई २१–१६ र २१–१८ ले पराजित गरे ।
ब्याइज यु १७ तर्फ कास्कीका देवेन फगामी, साइमान कार्की, अमृत थापा, र सनिश भण्डारी प्रिक्वाटर प्रवेश गरेका छन् । पिएसविसीका वसन्त पौडेल, कैलालीका आदित्य चौधरी, सुनसरीका संगम गिरी, एपिएफका प्रम्भ सिंम्खडा, कञ्चनपुरका उदय चन्द, लाफा समूहका मनोज फौदार, पिएसविसीका सुन्दर विक, क्नचनपुरमा रेनिश धामी, म्याग्दीका डियन थापा, पिएसविसीका कृष कार्की, कञ्चनपुरका आशीष खत्री, म्याग्दीका दिवश पुन, सुनसरीका ग्रिनेश घिमिरे र एपिएफका आरुष सिम्खडाले पहिलो चरणको खेल जितेका छन् ।
यु १२ ब्याइज सिंगल्सतर्फ नेभोल एकेडेमीका दिनेश थापा, कञ्चनपुरका उदय चन्द, कास्कीका सविन विक्रम पालिखे, चितवनका गाव्रियल लामा, नोवल एकेडेमीकै वासुदेव जैशीले जितेको कास्की ब्याडमिन्टन संघले जनाएको छ ।
प्रतियोगिता उद्घाटन गर्दै पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले आगामी दिनमा पनि यस प्रकारका प्रतियोगितामा महानगरको सहकार्य रहने प्रतिवद्धता जनाए । कार्यक्रम कास्की ब्याडमिन्टन संघका अध्यक्ष सुशील श्रेष्ठको अध्यक्षतामा भएको हो ।
प्रतियोगिता अन्तर्गत १२ इभेन्टमा ४८ क्लब तथा जिल्लाका गरी ३ सयभन्दा बढी खेलाडी सहभागी छन् । पुस १४ गतेसम्म चल्ने प्रतियोगिताका विजेताले ट्रफी, नगद, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया