क्रिकेट प्रतियोगितामा रुपा १ विकेटले विजयी
समाधान संवाददाता
२०८० पुष १३ गते १२:०९

पोखरा ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा जारी कास्की छनौट क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा टिम बगेनासमाथि रुपाले १ विकेटको जित निकालेको छ ।
पहिला ब्याटिङ गरेको बेगनास ३८.२ ओभरमा १ सय ५९ रनमा अलआउट भएको थियो । बेगनासको तर्फबाट अभिषेक बस्नेतले ८७ र रोहित चन्दले २६ जोडे । रुपाका बलर अन्जन केसीले ३ तथा सिब्रिन श्रेष्ठ र महेश खत्रीले समान २ विकेट लिए ।
जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको रुपाले ३४ं.१ ओभरमा ९ विकेट गुमाउँदै जित हाता पार्यो । रुपाका ब्याट्स्म्यानहरु सुदीप पौडेलले ३४ र महेश खत्रीले २५ रन बनाए । बेगनासका बलरहरु कृष्ण पौडेलले ५ र रोही चन्दले २ विकेट लिए ।
खेलमा रुपाका महेश खत्री प्लेयर अफ द म्याच भए । उनलाई कास्की जिल्ला क्रिकेट संघका उपाध्यक्ष दीपेन्द्र प्रताप चन्दले पुरस्कृत गरे ।
सम्बन्धित









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया