वक्तृत्वकलामा भण्डारी प्रथम, पनेरु दोस्रो

पोखरा ।
बिरौटा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । वर्तमान अवस्थामा सहकारीहरुको समस्या, समाधान तथा चुनौती र नेपालको आर्थिक विकासमा सहकारीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा पोखरा १७ का विद्यालयका विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता गराइएको हो ।
प्रतियोगितामा ११ विद्यालयका विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा ढुंगेसाँघु बोर्डिङकी अंकिता भण्डारी प्रथम, हिमालयन बोर्डिङ स्कुलकी आलिस्मा पनेरु द्वितीय, बालोदय बोर्डिङकी एलिसा भुसाल तृतीय र छोरेपाटन माविकी श्रेया लामिछाने सान्त्वना भएको सहकारीले जानकारी दिएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्तवनालाई क्रमश ७ हजार,५ हजार,३ हजार र २ हजार नगद, मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको बताइएको छ । कार्यक्रममा वेस्ट पोइन्ट बोर्डिङका संस्थापक नवीन बरालले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरूको बोल्ने बानीको विकास साथै सहकारीसम्बन्धी विद्यार्थीहरूमा ज्ञान बढ्ने हुने हुँदा यस्तो कार्यक्रमलाई नियमितता दिनुपर्ने बताए । संस्थाका अध्यक्ष टीकाप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष धु्रव अधिकारीले स्वागत र सचिव ओमप्रकाश बरालले सञ्चालन गरेका थिए ।








सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया