विमानस्थलहरु पिपिए मोडेलमा चलाउन छलफल

काठमाडौं ।
सरकारले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा सार्वजनिक–निजी साझेदारी ढाँचामा अघि बढाउने विकल्पमा छलफल भएको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नवनिर्मित भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका साथै निकट भविष्यमा निर्माण हुने निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई एउटै ढाँचामा सञ्चालन गर्नेगरी छलफल चलिरहेको जनाए ।
राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सिंहदरबारमा भएको बैठकमा मन्त्री किराँतीले अन्तर्राष्ट्रिय सफल अभ्यासअनुरुप अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा अघि बढाउनेगरी बहस भइरहेको जनाएका छन् ।
ठूलो खर्च भएका पोखरा र भैरहवा विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी मुलुकका नजिकका विमानस्थलसम्म कम उचाइमा उडान गर्ने साना विमान सञ्चालनको पहल पनि भइरहेको उनको भनाइ छ । ‘काठमाडौँसहित भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नयाँ ढंगले सञ्चालनका लागि प्रक्रियामा अघि बढ्दै छ । चार वटै विमानस्थल पिपिपी मोडेलमा सञ्चालन गर्न छलफल भइरहेको छ,’ उनले भने ।
पर्यटनमन्त्री किरातीले ठूलो लगानीमा निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थल घाम तापेर बसिरहेको तथा आन्तरिक २२ वटा विमानस्थल गौचरनको रुपमा परिणत भएको उल्लेख गरे । उनले काठमाडौँ विमानस्थल जति विस्तार गरे पनि अबको ८/१० वर्षपछि उडान चाप धान्न नसक्ने भएकाले विकल्पको रुपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्तथल निर्माण गर्नुपर्ने बाध्यता रहेको जिकिर गरे ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया