योजना बनाउँदै अन्नपूर्ण गाउँपालिका

समाधान संवाददाता २०८० पुष १५ गते ११:४६

पोखरा ।
अन्नपूर्ण गाउँपालिका दोस्रो आवधिक योजनाको तयारीमा छ । पहिलो पञ्च वर्षीय योजनाको अन्तिम वर्षमा पहिलो योजनाको समीक्षा, मूल्यांकन र नयाँ योजना निर्माण सँगसँगै गरिँदै छ ।

Advertisement


गाउँपालिकाको विकासका लागि दोस्रो योजनाभित्र २ अर्ब ६३ करोड ३९ लाख ४४ खर्च हजार खर्च हुने प्रवक्ता भरतमान गुरुङ बताउँछन् । पहिलो पञ्च वर्षीय योजनामा १ अर्ब ३८ करोड ९४ लाख खर्च हुने उल्लेख थियो । पालिकाले ‘कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार, अन्नपूर्ण समृद्धिको आधार’ भन्ने नारा तयार गरेको र त्यसैलाई साकार पार्ने गरी योजना बनाइने गुरुङ बताउँछन् ।


अहिले पालिकाले विभिन्न समिति बनाएर ती समितिमार्फत् योजना संकलन गरिरहेको छ । त्यस्ता विषयगत समिति ५ वटा छन् । वडाहरुबाट आएका योजना पनि त्यसमा थपिने छन् । योजना संकलन भइसकेपछि प्राथमिकता र आवश्यकताका आधारमा अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनामा वर्गीकरण गरी काम गरिनेछ ।

Advertisement


यसरी तयार भएका योजनालाई विज्ञसहितको टोलीले योजनाबारे विभिन्न चरणमा छलफल गरी योजना विज्ञको टोलीले योजना तयार गर्ने अन्नपूर्णका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले जानकारी दिए । चैत महिनाभित्र योजना तयार गर्ने लक्ष्य छ ।


यसैबीच, अन्नपूर्णले दोस्रो आवधिक योजना २०८१/८२–२०८५/२०८६ तर्जुमा गर्न अभिमुखीकरण तथा तयारी कार्यशाला गोष्ठी गरेको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहयोगमा कार्यक्रम भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया