विदेश होइन, राजनीतिमा लागौँः पृथ्वीसुब्बा

पोखरा ।
गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसारको अवसरमा लोकतान्त्रिक तमु संघ नेपाल केन्द्रीय कमिटीले शनिबार शुभकामना आदानप्रदान गरेको छ । पोखरा सभागृहमा भएको समारोहमा कलाकारले साँस्कृतिक प्रस्तुित राखे ।
कार्यक्रममा नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राज्य सत्तामा पहँुच पु¥याउन गुरुङ समुदाय राजनीतिमा आउनुपर्ने बताए । उनले राजनीति रुपमा सचेत र संगठित भएको खण्डमा राज्यका सबै निकायमा पहुँच विस्तार हुने उल्लेख गरे ।
‘राजनीतिमा सहभागिता बढेको खण्डमा राज्यका निकायमा पहुँच बढाउन सहयोग पुग्छ,’ उनले भने, ‘राम्रा र योग्य व्यक्तिको राजनीतिक सहभागिता बढेको खण्डमा राजनीतिलाई शुद्धिकरण गर्न सहयोग पुग्छ ।’ उनले विदेशमा गएर बन्दुक बोक्नुभन्दा व्यवसाय गरेर खान आग्रह गरे ।
समाजमा पछाडि पारिएको समुदायलाई संगठित गरेर राज्यको मुल धारमा ल्याउन एमालेले पहल गरेको उनको भनाइ छ । आदिवासी जनजातिको निजामति, नेपाल प्रहरी नेपाली सेनमा पहुँच बढाउन पार्टीले ध्यान दिएको उल्लेख गर्दै उनले सबै उत्पीडनको अन्त्य गरेर समतामूलक समाज निर्माण गर्न पार्टी सक्रियतापूर्वक लागेको दाबी गरे । उनले राज्यका निकायबाट साथ सहयोग लिएर भाषा संस्कृतिको संरक्षणमा लाग्न सबैमा आग्रह गरे ।
लोकतान्त्रिक तमु संघका केन्द्रीय अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले बिरालो वर्गबाट गिद्ध वर्गको आवागमनको सन्दर्भमा कार्यक्रम गरेको बताए । संघका महासचिव हुमबहादुर गुरुङले नयाँ वर्ष (ल्होसार )को अवसरमा भएको तरेली साँस्कृतिक समूह र पोखरा १५ मजुवाबस्तीका कलाकारले मनोरञ्जनात्मक साँस्कृतिक प्रस्तुति राखेको जनाए ।
हाँस्य कलाकार दिनेश काफ्लेले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु माधव नेपाल र डा बाबुराम भट्टराईको क्यारिकेचर गरेका थिए ।
तपाईको प्रतिक्रिया