श्रमिक सहकारीको सेयर पुँजी साढे २ करोड

पोखरा ।
श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पोखरा ९ पृथ्वीचोकको आर्थिक वर्ष २०७९/०८० मा सेयर पुँजी घटेर २ करोड ५७ लाख ९० हजार कायम भएको छ । सहकारीको गत आर्थिक वर्षको सेयर पुँजी २ करोड ८२ लाख २० हजार थियो ।
सहकारीका अध्यक्ष वद्रीनाथ पराजुलीले आर्थिक वर्ष २०७९/०८० मा सहकारीको निक्षप ४ करोड ७५ लाख २७ हजार ७ सय १० कायम भएको जानकारी दिए । सहकारीको शनिबार भएको ११ औं साधारण सभाको उद्घाटन कार्यक्रममा अध्यक्ष पराजुलीले गत आर्थिक वर्षमा सहकारीको निक्षेप ४ करोड ९७ लाख ४१ हजार ९९ रहेको बताए । सहकारीका कोषाध्यक्ष रुद्रबहादुर खत्रीले यस आर्थिक वर्षमा ६ करोड ८१ लाख ६१ हजार ४ सय ८ कर्जा लगानी गरेको बताए ।
सहकारीले गत वर्ष ६ करोड ३८ लाख ९७ हजार ३ सय ७६ रुपयाँ कर्जा लगानी गरेको थियो । कुल बंैक मौज्दात १ करोड ३१ लाख ४७ हजार ९ सय १७ रहेको सहकारीको जगेडा कोष ४० लाख ९६ हजार ७ सय १८ छ ।
नेकपा (एमाले) केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागका प्रमुख खगराज अधिकारीले समाजवादमा जाने आधार नै सहकारी भएको बताए ।
‘सहकारीले सेयर सदस्यलाई आत्म निर्भर र स्वावलम्बन बन्न सिकाउँछ,’ उनले भने, ‘सहकारीहरुको उत्पादन क्षेत्रको लगानी र रोजगारी सिर्जनाले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुर्याउँछ ।’ उनले सहकारीको प्रणेता एमाले भएको दाबी गरे । सहकारीको सञ्चालकमा बसेर रकम अपचलन गर्ने व्यक्ति एमालेको सदस्य हुन नसक्ने उनले उल्लेख गरे ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले सहकारी जथाभावी लगानी गरेर व्याज खाने संस्था नभएको बताए । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशका अधिकृत शोभाकान्त बाग्लेले भाका नाघेको ऋण असुल उपर गर्न र संस्थागत (जगेडा) कोष बढाउन सुझाव दिए ।
कार्यक्रममा संविधान सभाका सदस्य चूडामणि जंगली, कास्की बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भेषराज बराल, सहकारीका निवर्तमान अध्यक्ष ईश्वरप्रसाद आचार्य, उपाध्यक्ष बलराम पौडेल, सचिव वृहस्पति पराजुली र सञ्चालक समितिका सदस्य, कर्णसिह गुरुङ लगायतले सहकारीका बारेमा बोलेका थिए ।
अध्यक्ष पराजुलीले सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन, कोषाध्यक्ष खत्रीले पेश गरेको आर्थिक प्रतिवेदन र सहकारीको लेखा समितिको संयोजक मञ्जुल सुवेदी प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सभाले सुधारसहित पारित गरेको छ । यो सहकारीमा ४ सय ५६ सेयर सदस्य छन् ।







जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया