पर्यटन परिषद र माउन्ट कैलाशलाई पर्यटन बोर्डको सम्मान

समाधान संवाददाता २०८० पुष १५ गते १८:५०

पोखरा ।
नेपाल पर्यटन बोर्डले पोखरा पर्यटन परिषद र पोखराको माउन्ट कैलाश रिसोर्टलाई आफ्नो वार्षिकोत्सवमा सम्मान गरेको छ ।

Advertisement

बोर्डको २५ औं वार्षिकोत्सको अवसरमा बोर्डले उनीहरुलाई सम्मान गरेको हो । पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आइतबार पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ र रिसोर्टका सञ्चालक नरेश भट्टराईलाई सम्मानसहितको प्रशंसापत्र प्रदान गरे ।


पर्यटन परिषद पर्यटन बोर्डको प्रबद्र्धनात्मक कार्यमा सहयोग, सहकार्य र साझेदारी गरेको भन्दै सम्मानित भएको हो । पर्यटकलाई स्तरीय सेवा प्रदान गरी पर्यटन क्षेत्रको गुणस्तरमा योगदान गरेको भन्दै माउन्ट कैलाश रिसोर्ट सम्मानित भएको हो । परिषद्का अध्यक्ष श्रेष्ठले सम्मानले परिषदलाई अझै काम गर्ने हौसला बढेको सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया