उन्नति सहकारीको १५ औँ साधारणसभा

पोखरा ।
पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले एक समारोहकाबीच उद्घाटन गरेका थिए ।
सो अवसरमा उनले सहकारी संस्थाहरु नाफामूखी मात्र भएर आफ्नो जिम्मेवारी पूरा नहुने उल्लेख गरे । उनले सहकारी संस्थाहरुले सहकारीका सिद्धान्त अक्षरस अनुसरण गर्दै सदस्यहरुको हित र सामाजिक उत्तर दायित्वलाई पूरा गर्नुपर्नेमा जोड दिए । सहकारीमा सञ्चालक र कर्मचारीको मात्र हालिमुहाली हुन नहुनेमा जोड दिँदै तिवारीले भने “सदस्यको क्रियाशीलता र सहभागिताबाट मात्र संस्था बलियो हुन्छ ।”
सहकारीका संस्थापक अध्यक्ष एवं सल्लाहकार पदमबन्धु पोखरेलले सेवाको भावनाले सहकारी संस्थाहरु सञ्चालन हुनुपर्ने बताए । संस्थाका अध्यक्ष राजेश रानाभाटले सदस्यहरुको हित र लगानीलाई संरक्षण गरी संस्थालाई गण्डकी प्रदेशकै उत्कृष्ट र अनुकरणीय संस्थाका रुपमा विकास गर्ने प्रतिवद्धता जनाए । संस्थाका सल्लाहकार क्या कृष्णबहादुर थापाले संस्थालाई सफल बनाउने मुख्य जिम्मेवारी सदस्यहरुको रहेको उल्लेख गरे ।
संस्थाका उपाध्यक्ष लेखनाथ अर्यालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव रेवतिरमण भण्डारीले गरेका थिए । साधारणसभाले कोषाध्यक्ष प्रमोद थापा तथा लेखा सुपरिवेक्षण समितिका संयोजक पुरोचन उदासको प्रतिवेदन पारित गरेको छ ।
साधारणसभाको अवसरमा एसइइी परीक्षा २०७९ तथा कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट हुने सदस्यका छोराछोरीहरुलाई सम्मान गरिएको थियो । संस्थामा हाल चार हजार १३९ सदस्य रहेको संस्थाका कार्यालय प्रमुख भगवान भट्टराईले जानकारी दिए ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया